
‘प्रथम कीर्तिपुर वडा १० कप’ ब्याडमिन्टन प्रतियोगिता २०८१ असार २ गतेदेखि
Janjati Khabar – ललेन्द्र शाक्य | २०८१ जेठ ३१, बिहिबार

कीर्तिपुर/“स्वास्थ्य र मित्रताको लागि खेलकुद” श्लोगान गुञ्जायमान गर्दै ‘प्रथम कीर्तिपुर वडा १० कप’ ब्याडमिन्ट प्रतियोगिता २०८१ हुने भएको छ ।
कीर्तिपुर नगरपालिका १० वडाको आयोजनामा तथा कीर्तिपुर १० वडा खेलकुद उसमितिया प्रायोजनमा हुनलागेको उक्त ब्याडमिन्टन प्रतियोगिता यही आउँदो असार २ गतेदेखि ८ गतेसम्म हुने जानकारी आयोजक कीर्तिपुर १० वडाले दिएको छ ।
कीर्तिपुरको १० वडा जिफागःस्थित ब्याडमिन्टन कोर्टमा हुनलागेको उक्त प्रतियोगितामा सहभागी हुन दर्ताअन्तिम मिति जेठ ३२ गते शुक्रबारसम्मको समयावधि दिइएको छ भने प्रतियोगितामा विजयी हुनेहरुलाई शिल्ड, मेडल तथा प्रमाणपत्र हस्तान्तरण गरिने जानकारी पनि आयोजकले दिएको छ ।
प्रतियोगितामा कीर्तिपु १० वडा भित्रका खेलाडीहरुलाई खुल्ला डबलमा भाग लिनको निम्ति दर्ता शुल्क रु. १ हजार राखेको छ भने कीर्तिपुर नगरव्यापी १५ वर्ष मुनिका खेलाडीहरुका निम्ति दर्ताशुल्क रु. ३ सय राखिएको छ ।
आयोजक कीर्तिपुर १० वडाले प्रतियोगिता सम्बन्धी जानकारी लिन र दर्ता सम्बन्धी जानकारी लिन नरेश महर्जन (९८५१००३७४१), ओमनुनि बज्रचार्य(९८६२४४१६३५), कविन महर्जन (९८०३५३०७२७) र दिप्रिस मुनि बज्राचार्य (९८६२७९६७१५) को नाम र मोबाइल् नम्बर सार्वजनिक गरिएको छ ।
Categorized in खेलकुद