STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

खेलकुद

  • २०७९ चैत्र २, बिहिबार

    यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा

    काठमाडौं -आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको अन्तिम खेलमा नेपालसँग संयुक्त अरब इमिरेट्स (यूएई) पराजित भएको छ । ३११ रनको विशाल लक्ष्य पाएको नेपालले यूएईलाई ९ रनले हराएको हो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज जारी खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको युएईले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३१० रनको विशाल योगफल बनाएको थियो । एकदिवसीय...

  • २०७९ फाल्गुण २८, आइतबार

    नेपालको एकदिवसीय अन्तराष्ट्रिय मान्यता कायमै

    काठमाडौं - नेपालले युएईलाई पराजित गरि एकदिवसीय अन्तराष्ट्रिय मान्यता कायम राखेको छ । टियु मैदान कीर्तिपुरमा भएको खेलमा नेपालले युएईलाई १ सय ७७ रनले पराजित गरेको छ । यो जित सँगै २ खेल अगाबै नेपालले एकदिवसीय अन्तराष्ट्रिय मान्यता कायमै राखेको छ । नेपालले दिएको २ सय ४९ रनको लक्ष्य पछ्याएको युएईले २२ ओभर ५ बलमा अलआउट हुदै ७१ रन मात्र बनायो । युएईका लागि आयान खानले २९ रनको सर्वाधिक ठुलो ईनिङ खेल्दा...

  • २०७९ फाल्गुण २५, बिहिबार

    विश्वकप लिग–टू : नेपालले पीएनजीलाई ५२ रनले हरायो

    काठमाडौं - आईसीसी विश्वकप क्रिकेट लिग–टूको जारी शृंखलाको पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी)लाई ५२ रनले पराजित गरेको छ । बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सम्पन्न भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५ बल खेल्न बाँकी हुँदा २९७ रन बनाउँदै पीएनजीलाई जितका लािग २९८ रनको लक्ष्य दिएको थियो। तर, पीएनजी २४५ रनमा अल आउट भयो । पीएनजीका लागि नोरमान भानुआ र टोनी उराले अर्धशतक पूरा...

  • २०७९ फाल्गुण २२, सोमबार

    विश्वकप लिग–टू : नेपालले यूएईलाई ४२ रनले हरायो

    काठमाडौं - सोमबार दुबईमा सम्पन्न भएको आईसीसी विश्वकप लिग–टू त्रिदेशीय एकदिवसीय शृंखलाको अन्तिम खेलमा नेपालले यूएईलाई ४२ रनले हराएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले भीम सार्कीको अर्धशतकमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २२९ रन बनाएर यूएईलाई जितका लागि २३० रनको लक्ष्य दिएको थियो । तर, यूएईले नेपालले दिएको २३० रनको लक्ष्य पछ्याउन सकेन । यूएईले ४५ ओभरमा सबै विकेट गुमाएर १८७ रन मात्र...

  • २०७९ फाल्गुण २२, सोमबार

    विश्वकप लिग–टू : नेपालले यूएईलाई दियो २३० रनको लक्ष्य

    काठमाडौं -दुबईमा जारी आईसीसी विश्वकप लिग–टू त्रिदेशीय एकदिवसीय शृंखलाको अन्तिम खेलमा नेपालले यूएईलाई जितका लागि २३० रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले भीम सार्कीको अर्धशतकमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २२९ रन बनाएर यूएईलाई जितका लागि २३० रनको लक्ष्य दिएको हो । ४९ रनको दौडानमा ३ विकेट गुमाएको नेपालले ब्याटिङमा भीम सार्कीको प्रवेशसँगै खेल सुधारतर्फ लग्यो । भीमले...

  • २०७९ फाल्गुण १८, बिहिबार

    आईसीसी यू-१९ : नेपाल विश्वकपमा

    काठमाडौँ - नेपाली यू–१९ क्रिकेट टोली विश्वकपमा छनोट भएको छ । बिहीबार भएको खेलमा यूएईलाई ६ रनले हराउँदै नेपाल सन् २०२४ मा श्रीलंकामा हुने विश्वकपमा छनोट भएको हो । नेपालले जितको लागि दिएको १९२ रनको विजयी लक्ष्य पछ्याएको युएईले ४८ ओभरमा १८५ रनमा अल आउट भयो । नेपालका बलर दीपेश कँडेलले ४७ औं ओभरमा तीन विकेट लिँदै नेपाललाई जित दिलाएका हुन् । युएईका इथान डी सोल्झाले सर्वाधिक ५० रन बनाए । त्यस्तै...

  • २०७९ फाल्गुण १५, सोमबार

    सन्दीपलाई पक्राउ गर्नु नपर्ने र विदेश जाने अनुमति

    काठमाडौं - सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई पुन: पक्राउ गर्नु नपर्ने फैसला गरेको छ । उनलाई विदेश जाने अनुमतिसमेत दिइएको छ । न्यायाधीशद्वय सपना मल्ल प्रधान र कुमार चुँडेलको संयुक्त इजलासले उक्त फैसला गरेको हो । यसअघि धरौटीमा छाड्ने पाटन उच्च अदालतको आदेशविरुद्ध सरकारी पक्षले पुनरावेदन गरेको थियो । सन्दीपले पनि विदेश जान लगाइएको प्रतिबन्ध फुकुवाको मागसहित पुनरावेदन गरेका थिए ।...

  • २०७९ फाल्गुण १४, आइतबार

    फ्रान्स ओलम्पिकको छनोट खेल नेपालमा हुने

    काठमाडाैँ - फ्रान्सको पेरिसमा सन् २०२४ मा आयोजना हुने ओलम्पिक महिला फुटबलको एसिया छनोट अन्तर्गत समूह ‘सी’ को पहिलो चरणको खेल नेपालमा हुने भएको छ । एसिया छनोटको पहिलो चरणअन्तर्गत समूह ‘सी’ को छनोट खेल नेपालमा आयोजना हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । समूह ‘सी’ मा प्यालेस्टाइनले नाम फिर्ता लिएपछि अब तीन राष्ट्र नेपाल, अफगानिस्तान र भियतनाम सहभागी हुनेछन् । छनोटको पहिलो चरणका खेलहरु...

  • २०७९ फाल्गुण १२, शुक्रबार

    सर्वोच्चले दिएन सन्दीपलाई विदेश जाने अनुमति

    काठमाडौं - सर्वोच्च अदालतले सन्दीप लामिछानेलाई विदेश भ्रमणमा जाने अनुमति दिएन । साथै धरौटीमा छाड्ने उच्च अदालत, पाटनको आदेशविरुद्ध सरकारले दिएको निवेदनलाई समेत साथमा राखेर आइतबार नै पेश गर्न आदेश दिएको छ । क्रिकेटर लामिछानेविरुद्ध नाबालिग बलात्कारको मुद्दा जिल्ला अदालत, काठमाडौंमा विचाराधीन छ । त्यो मुद्दामा जिल्ला अदालतले सन्दीपले पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर त्यसविरुद्ध लामिछानेले...

  • २०७९ फाल्गुण ११, बिहिबार

    विजेता खेलाडीलाई प्रतिव्यक्ति दुई लाख पुरस्कार दिने प्रधानमन्त्रीकाे घोषणा

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइसिसी विश्वकप लिग–२ का विजेता खेलाडीलाई प्रतिव्यक्ति रु दुई लाखका दरले पुरस्कार दिने घोषणा गरेका छन्। विजेता खेलाडीलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रधानमन्त्रीले बधाई दिनुका साथै पुरस्कारसमेत दिने घोषणा गरेका हुन्। खेलाडीलाई बधाई दिँदै प्रधानमन्त्रीले भने, “सर्वप्रथम इतिहास रच्नुभएकामा तपाईंहरूलाई बधाई छ । तपाईंहरूले नयाँ रेकर्ड...

  • २०७९ फाल्गुण ९, मंगलबार

    नेपालको कीर्तिमानी जित

    काठमाडौं - घरेलु मैदानमा आयोजना भएको आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिदेशीय एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले लगातार चौंथो जित निकालेको छ । टियु क्रिकेट मैदानमा मंगलबार सिरिजको अन्तिम खेलमा स्कटल्याण्डलाई २ विकेटले हराउँदै नेपालले लगातार चौंथो जित निकालेको हो । नेपालका लागि कप्तान रोहित पौडेलले १ सय १ बलमा अविजित ९५ रनको अर्धशतकीय ईनिङ खेले । उनले ७ चौका र ४ छक्का प्रहार गरे । उनले...

  • २०७९ फाल्गुण ५, शुक्रबार

    स्कटल्यान्डमाथि नेपालको सानदार जित

    काठमाडौं - आइसिसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत स्कटल्याण्डविरुद्धको खेलमा नेपाल विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले स्कटल्याण्डलाई तीन विकेटले पराजित गर्दै विजयी भएको हो । स्कटल्याण्डले दिएको दुई सय ७५ रनको लक्ष्य नेपालले ४७ ओभरमा सात विकेट गुमाउँदै पूरा गर्यो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ८५ रनको योगदान दिए ।...

Pages