STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कीर्तिपुर ब्याडमिन्टन क्लबद्वारा कीर्तिपुर नपा मेयर राजकुमार नकर्मीलाई भत्सर्ना पत्र

Janjati Khabar – LALENDRA SHAKYA | २०८० पौष ३, मंगलबार

कीर्तिपुर ब्याडमिन्टन क्लबको भत्सर्ना पत्रमा भनिएको छ, ‘दोस्रो स्थानीय निर्वाचनमा निर्वाचित यस कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीले मिति २०८० कार्तिक २७ गतेका दिन नगाउँ स्पोर्टस क्लबद्वारा आयोजित टेबुल टेनिस प्रतियोगितामा आर्थिक व्यवस्था गर्न सकिने अवस्था छ, तर के भैदियो भने खेलाडी उत्पादन गर्नेभन्दा भुँडी घटाउने प्रतियोगिता बढी भैदियो । ब्याडमिन्टन प्रतियोगिता भयो, रातभर टन्न वियर खायो, बिहान पसिना बगाएर भुँडी घटायो । नदिउँ नहुने, दिउँ त्यति प्रोडक्टिभ भएन, त्यसैले नगरपालिकाले प्रायोटाइज गरेको छ, भनी दिनुभएको अभिव्यक्तिप्रति यस कीर्तिपुर ब्याडमिन्टन क्लबको गम्भीर ध्यानाकर्षण भएको छ ।’

‘स्वास्थ्य तथा मित्रताको लागि खेलकुद’ श्लोगानका साथ कीर्तिपुर क्षेत्रमा सक्रियता जनाइरहेको कीर्तिपुर ब्याडमिन्टन क्लबले कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीलाई भत्सर्ना पत्र सार्वजनिक गरी आफूले बोलेको अभिव्यक्ति फिर्ता लिन ध्यानाकर्षण गरेको छ ।

क्लबद्वारा सार्वजनिक गरिएको भत्सर्ना पत्रमा कीर्तिपुर नगर प्राचीन कला, संस्कृति, विविध सम्पदा, धार्मिक सहिष्णुता र गौरवपूर्ण इतिहास बोकेको नगर भएको र नेपालका विभिन्न परिवर्तनहरुमा कीर्तिपुर सदैव अग्रगमनका पक्षमा उभिएको साथै स्थापनादेखि नै कीर्तिपुर नगरपालिकाको विभिन्न आयाममध्ये खेलकुद यस क्षेत्रलाई चिनाउने एउटा सशक्त माध्यम बनेको कुरा उल्लेख गरिएको छ ।

कीर्तिपुर ब्याडमिन्टन क्लबको भत्सर्ना पत्रमा भनिएको छ, ‘दोस्रो स्थानीय निर्वाचनमा निर्वाचित यस कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीले मिति २०८० कार्तिक २७ गतेका दिन नगाउँ स्पोर्टस क्लबद्वारा आयोजित टेबुल टेनिस प्रतियोगितामा आर्थिक व्यवस्था गर्न सकिने अवस्था छ, तर के भैदियो भने खेलाडी उत्पादन गर्नेभन्दा भुँडी घटाउने प्रतियोगिता बढी भैदियो । ब्याडमिन्टन प्रतियोगिता भयो, रातभर टन्न वियर खायो, बिहान पसिना बगाएर भुँडी घटायो । नदिउँ नहुने, दिउँ त्यति प्रोडक्टिभ भएन, त्यसैले नगरपालिकाले प्रायोटाइज गरेको छ, भनी दिनुभएको अभिव्यक्तिप्रति यस कीर्तिपुर ब्याडमिन्टन क्लबको गम्भीर ध्यानाकर्षण भएको छ ।’

राज्यले परिभाषित गरेको स्थानीय सरकारका रुपमा रहेको नगरपालिकाको मेयर जस्तो पदमा बसेर पूर्ण रुपमा जानकारी नराखी सत्यका नजिक नरही नामै तोकेर ब्याडमिन्टन खेलप्रति बदनियत राखी दिएको अभिव्यक्ति पूर्ण गैरजिम्मेवार र अपमानजनक छ । उक्त अभिव्यक्तिले यस नगरका सम्पूर्ण खेलाडी तथा खेलप्रेमीहरुमा गहिरो आघात पुगेको छ भनी क्लबद्वारा सार्वजनिक गरिएको भत्सर्ना पत्रका उल्लेख छ ।

भत्सर्ना पत्रमा भनिएको छ, ‘वि.सं. २००८ सालमा नेपाल ब्याडमिन्टन संघको विधिवत् स्थापना भए पनि वि.सं. २०३१ साल फागुन ५ गते त्रिभुवन विश्वविद्यालय हाताभित्र टियु ब्याडमिन्टन हल बनेपश्चात् कीर्तिपुरमा यसको व्यवस्थित शुरुवात भयो । ०३१ सालतिरै चोभारमा रहेको हिमाल सिमेन्टले सामाजिक कार्यका लागि भनेर १ बोरा सिमेन्ट वापत १५ पैसा आदिनाथ क्लबलाई दिएर सो समयदेखि विविधस्तरका प्रतियोगिता यस क्षेत्रमा आयोजना हुँदै आएको छ । वि.सं. २०६५ सालमा कीर्तिपुर ब्याडमिन्टन क्लब विधिवत् स्थापनापछि यस क्लबसंगै युवा खेलकुद समूह, देवढोका ब्याडमिन्टन क्लब, जनसेवा ब्याडमिन्टन क्लब, चोभार ब्याडमिन्टन क्लब, मैत्रीनगर ब्याडमिन्टन क्लब गरी नगरभित्रका विभिन्न वडा र स्थानमा रहेका क्लबहरुको आयोजनामा राष्ट्रिय, क्षेत्रीय, नगरस्तरीय, वडास्तरीय, विद्यालयस्तरीय, उमेर समूह तथा आन्तरिक गरी वर्षैभर विविध प्रतियोगिताहरु संचालनमा आइरहेको सबैमा अवगत नै छ । कोभिडपछि यस खेलको लोकप्रियता अझ व्यापक र आकर्षक छ । यो खेल बालकदेखि बृद्धसम्म सबैले रुचाएको खेलका रुपमा विस्तार भएको छ । नगरपालिकाभित्र सम्पूर्ण वडा, गाउँ तथा टोलटोलमा गरी ५० औं वटा कोर्ट निर्माण भएका छन् । ब्याडमिन्टन व्यक्तिगत खेल हो । कीर्तिपुर क्षेत्रबाटै उत्पाडित खेलाडी राष्ट्रिय कर्पोरेट प्रतियोगिताहरुमा प्रथम, द्वितीय हुन सफल हुनुभएको इतिहास छ । राष्ट्रिय ¥याङकिङ खेलमा सहभागी खेलाडीहरु टप २० मा आउन सफल रहेको वर्तमान छ । क्षेत्रगत खेलमा यस नगरको दबदबा कायम छ । नगरभित्र खेलाडी उत्साहित रुपमा सहभागी छन् । यति विघ्न उत्साह रहेको खेलप्रति निरुत्साह पैदा हुने गरी खेलाडी उत्पादन नहुने, रातभर टन्न वियर खाएर विहान भुँडी मात्र घटाउने गरेको लगानी उत्पादनमूलक (प्रोडक्टिभ) भएन भनेर भन्नु र लगानी गर्न सकिने भनेर भन्ने तर यथार्थमा यस खेलमा नाम मात्र कै पन लगानी नगर्नु दुर्भाग्यपूर्ण छ ।’

‘खेलमा गरिएको लगानीले नगर मात्र होइन, राष्ट्रकै गौरव, शान, मान पहिचान स्थापित गर्न सक्छ, तर कीर्तिपुर नगरपालिकाले ब्याडमिन्टन खेलका लागि गरेको लगानी खै रु खेलकुद विकास, सम्बर्द्धन र प्रबर्द्धनका लागि खेलकुदको पूर्वाधार विकास हुन आवश्यक छ । नगरपालिका ब्याडमिन्टन कभर्ड हल निर्माण गर्न तदारुकता देखिएको खै रु जगसम्म निर्माण भैसकेको संरचनाका लागि बजेट विन्यास गरेको खै रु हामी प्रश्न गर्न चाहन्छौं, तपाई मेयर भएपश्चात् कति रकम ब्याडमिन्टनको पूर्वाधार निर्माणमा हुने गरेका विविध प्रतियोगितामा (जसमा ०७९/०८०) आर्थिक वर्षको विद्यालयस्तरको यू–१४, यू–१२ प्रतियोगितामा दिनुभएको छ ?’ भत्सर्ना पत्रका उल्लेख गरिएको छ ।
खेलाडी र खेलप्रेमीहरुको तदारुकतामा संचालन भैरहेका प्रतियोगितामा टिप्पणी गर्नुअघि तपाईको लगानी खै रु भन्ने प्रश्न मेयर नकर्मीमाथि राख्दै कीर्तिपुर ब्याडमिन्टन क्लबले भत्सर्ना पत्रमा स्वास्थ्य धन हो, तर धन स्वास्थ्य होइन । स्वस्थ शरीरका लागि खेलको महत्व बुझ्न सकिएन भने या त मानकिस वा शारीरिक रुपमा रोगी वा अपांग बन्न पुग्छन् । एउटा स्वस्थ शरीरमा मात्र स्वस्थ मस्तिष्क हुन्छ, रुग्ण शरीर व रुग्ण मानसिकताले मानिस पूर्ण रुपमा कमजोर मात्र होइन मानसिक रुपमा पनि दरिद्र बन्दछ र उस्ले दरिद्रता प्रकट गर्दछ भनी उल्लेख गरिएको छ ।

खेलकुदलाई मनोरञ्जन वा कसरतका रुपमा मात्र नलिई फराकिलो दृष्टिकोण राख्नु जरुरी भएको तथा खेलकुदको व्यवसायीकरणबाट अर्थतन्त्रमा समेत आर्थिक सुधारका लागि अहम् योगदान पुग्न जाने उल्लेख गर्दै कीर्तिपुर ब्याडमिन्टन क्लबले भत्सर्ना पत्रमा भनिएको छ, ‘प्रतियोगिताहरुले भौतिक पूर्वाधारमा लगानी बृद्धि हुने, रोजगारी श्रृजना हुने, वैदेशिक लगानी समेत सुनिश्चित गरी अर्थतन्त्रमा गुणात्मक प्रभाव पार्न सक्दछ । समृद्धिको सूचक भनेको खेलकुदमा गरिने लगानी पनि हो । तसर्थ जिम्मेवार स्थानमा रहेको व्यक्तिले विना संकोच, विना द्वेष, फराकिलो सोचसहित खेलकुदमा लगानी गर्न हामी आग्रह गर्न चाहन्छौं । फलको आशा गर्नुअघि योगदान गर्नुहोस् ।’

कीर्तिपुर ब्याडमिन्टन क्लबको भत्सर्ना पत्रको अन्त्यमा भनिएको छ, ‘कीर्तिपुर नगरपालिकाभन्दा धेरै समयपश्चात् बनेका दायाँबायाँका नगरपालिकाहरुतिर पनि ध्यान पु¥याउनु होस् । तिनले गरेका लगानीको उल्लेख गरेर हामी कीर्तिपुर नगरपालिकाको साख घटाउन चाहन्नौं । तसर्थ तत्काल आफूले बोलेका कुरा सच्याउन, व्यवस्थित लगानी गर्न, पक्षपात नगर्न आग्रह गर्दछौं । अन्यथा तपाईका अभिव्यक्ति तथा त्यसका दृष्परिमाणको भागी तपाई नै बन्नु पर्नेछ ।’

Categorized in खेलकुद