STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

विश्वकपमा पुगेको नेपाली टोलीलाई क्यानले ५० लाख दिने

Janjati Khabar – Janjati Khabar | २०८० कार्तिक २०, सोमबार

काठमाडौं- नेपाल क्रिकेट संघ क्यानले टी–२० विश्वकपमा छनोट भएको राष्ट्रिय टीमलाई ५० लाख रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरेको छ । सोमबार बसेको क्यानको बोर्ड बैठकले टोलीलाई ५० लाख रुपैयाँ दिने निर्णय गरेको क्यान सचिव पारस खड्काले बताए ।

काठमाडौंमा भएको टी–२० विश्वकपमा छनोटको सेमिफाइनलमा यूएईलाई हराउँदै नेपाल अमेरिका र वेष्ट इण्डिजमा हुने विश्वकपमा छनोट भएको थियो । तर फाइनलमा भने नेपाल सुपर ओभरमा ओमानसँग पराजित भएको थियो । यस्तै बैठकले एसीसी यू–१९ प्रिमियर कप विजेता टोलीका सम्पूर्ण सदस्यलाई जनही ५० हजार रुपैयाँ नगद पुरस्कार दिने निर्णय पनि गरेको छ । 

बैठकले हङकङमा हुने महिला टी–२० आई सिरिजमा नेपाली राष्ट्रिय टोलीले सहभागिता जनाउने निर्णय पनि गरेको खड्काले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

बैठकले विश्वकप छनोटको फाइनलमा नेपाल र ओमानबीचको खेलमा टिकटबाट उठेको रकमको ५० प्रतिशत रकम जाजरकोटमा गएको भूकम्पबाट प्रभावितहरूलाई सहयोग गर्ने निर्णय पनि गरेको खड्काले बताएका छन् ।

Categorized in खेलकुद