STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

खेलकुद

  • २०८० बैशाख १९, मंगलबार

    यूएईलाई हराउँदै नेपाल एसिया कपमा छनाेट

    काठमाडौं - एसीसी मेन्स प्रिमियर कपमा फाइनलमा युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट भएको छ । अपराजित रुपमा च्यापियन बनेको नेपालले टियु मैदानमा भएको फाइनल खेलमा युएईलाई ७ विकेटले पराजित गरेको हो । युएईले दिएको १ सय १८ रनको लक्ष्य नेपालले ३० दशमलब ३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि गुलसन झाले ८४ बलमा ३ चौका र ६ छक्काको सहयोगमा ६७ रनको अर्धशतकीय ईनिङ खेले । एकदिवसीय अन्तराष्ट्रियमा...

  • २०८० बैशाख १९, मंगलबार

    युएईले दियाे नेपाललाई ११८ रनकाे लक्ष्य

    काठमाडौं - एसीसी मेन्स प्रिमियर कपको फाइनल खेलमा घरेलु टोली नेपालविरुद्ध युएई १ सय १७ रनमा अलआउट भएको छ । टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले २७ दशमलब ३ ओभरमा ९ विकेट गुमाउदै १ सय ६ बनाएको अवस्थामा खेल वर्षाका कारणले रोकिएको थियो । रोकिएको स्थितिबाट आज खेल सुरु भएकोमा युएईले ११ रन थप्दै आफ्नो अन्तिम विकेट गुमायो । नेपालका लागि ललितनारायण राजवंशीलेले अन्तिम विकेट लिए । युएई ३३ दशमलब १...

  • २०८० बैशाख १८, सोमबार

    युएई र नेपालबीचको फाइनल खेल स्थगित, भोलि ९ विकेटबाटै सुरु हुने

    काठमाडौं - एसीसी प्रिमियर कप अन्तर्गत आज जारी नेपाल र यूएईबीचको फाइनल खेल स्थगित भएको छ । वर्षाका कारण खेल सम्भव नभएपछि भोलिलाई सारिएको हो । आज जुन स्थितिमा खेल रोकिएको थियो, त्यही स्थितिबाट भोलि सुरु हुने भएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको यूएईले २७.३ ओभरको खल सकिँदा पानी परेपछि खेल रोकिएको थियो । यूएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १सय ६ रन बनाएको थियो । भोलि...

  • २०८० बैशाख १७, आइतबार

    फाइनल खेल रद्द भएमा नेपाल च्याम्पियन

    काठमाडौं - राजधानीमा जारी एसीसी मेन्स प्रिमियर कपको फाइनल खेल रद्द भएमा नेपाल च्याम्पियन हुँदै एसिया कपका लागि छनोट हुने छन् । नेपालले एसीसी मेन्स प्रिमियर कपको फाइनलमा सोमबार युएईसँग खेल्दैछ । पहिलो सेमिफाइनलमा कुवेतसँगको खेल भारी वर्षाको कारण खेल रद्द भएपछि नेपाल समूह चरणमा गरेको प्रदर्शनको आधारमा फाइनलमा पुगेको हो । उता, युएईले दोस्रो सेमिफाइनल खेलमा ओमानलाई डीएल मेथडमा दुई रनले हराउँदै...

  • २०८० बैशाख ११, सोमबार

    एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल

    काठमाडौं - वर्षाको कारण एसीसी प्रिमियर कपमा नेपाल र साउदी अरबले अंक बाँडेका छन्। समूह ए मा रहेका नेपाल र साउदीले माथिल्लो मूलपानी मैदानमा आआफ्नो तेस्रो खेल खेल्ने तय थियो । तर, वर्षा नरोकिएपछि खेल हुन सकेन। साढे १० बजे पानी रोकिएपछि मूलपानी क्रिकेट मैदानमा ढाकिएको पिचको कभर हटाइएको थियो। यता, आउट फिल्ड सुपर सापरले सुकाइएको थियो । तर, साढे ११ बजेपछि पुनः पानी पर्न थालेपछि पिच कभरले ढाकिएको थियो ।...

  • २०८० बैशाख ८, शुक्रबार

    सन्दीपले पूरा गरे विश्व कीर्तिमानी एक सय विकेट

    काठमाडौं - नेपालका लेगस्पीनर सन्दीप लामिछानेले ओडिआई क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट लिने कीर्तिमान बनाएका छन् । एसीसी प्रिमियर कप अन्तर्गत ओमान विरुद्ध भइरहेको खेलमा सन्दीपले एक विकेट लिएपछि ४२ खेलमै १०० विकेट लिएर कीर्तिमान बनाएका हुन् । उनले यसअघि रासिद खानले ४४ खेलमा बनाएको कीर्तिमान दुई खेल अगावै बनाएका हुन् । सन्दीपले ओमानका अदिल शफिक लाई आउट गर्दै ऐतिहासिक उपलब्धि हात पारे । सन्दीप...

  • २०८० बैशाख ८, शुक्रबार

    ओमानमाथि नेपालको सानदार जित

    काठमाडौं - कुशल मल्लको विष्फोटक शतकमा नेपालले एसीसी प्रिमियर कप अन्तर्गत ओमानविरुद्धको म्याचमा सानदार जित दर्ता गरेको छ । टस हारेर ब्याटिङ गर्दै नेपालले दिएको ३११ रनको विशाल लक्ष्य ओमानले पछ्याउन सकेन । नेपालले ओमानलाई ८४ रनले हराएकाे हाे । ओमानले ४६.३ ओभरमा ओमानको नवौं विकेट ढाल्दै नेपालले ८४ रनको जित दर्ता गरेको हो । ओमानका दशौं नम्बरका ब्याट्सम्यान घाइते भएर क्रिजमा उत्रिन नसकेपछि ९ विकेटमै...

  • २०८० बैशाख ५, मंगलबार

    मलेसियाविरुद्ध नेपालको सहज जित

    काठमाडौं - राजधानीमा आजबाट सुरु एसीसी प्रिमियर कपमा नेपालले विजयी सुरुआत गरेको छ । एसीसी प्रिमियर कप अन्तर्गतको समूह ‘ए’ को पहिलो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको छ । मलेसियाले दिएको २ सय ३६ रनको लक्ष्य नेपालले ३६ दशमलब २ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि कुशल मल्ल र भिम सार्कीले अर्धशतकीय ईनिङ खेले । मल्लले ४० बलमा ५ चौका र ५ छक्काको सहयोगमा अविजित ७० रन बनाए । भिमले...

  • २०७९ चैत्र १७, शुक्रबार

    नेपालले उचाल्यो प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि

      काठमाडौं - प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि नेपालले जितेको छ । शुक्रबार दशरथ रंगशालामा भएको खेलमा लाओसलाई २–१ ले हराउँदै नेपालले उपाधि उचाल्न सफल भएको हो । खेलको पहिलो हाफमा नेपाल र लाओसको स्कोर १–१ बराबरी थियो । खेलको दोस्रो हाफको ८७ औं मिनेटमा मनिष डाँगीको सुन्दर गोलसँगै लाओस १ गोलले पछि पर्यो । खेलको १७ ‌औं मिनेटमा फौथाभोङ साङभिलेले गोल गर्दै लाओसलाई अग्रता दिलाएका थिए । त्यसपछि...

  • २०७९ चैत्र १४, मंगलबार

    भुटानलाई बराबरीमा रोक्दै नेपाल फाइनलमा

    काठमाडौं - प्रधानमन्त्री थ्रि नेसन्स कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले भुटानसँग बराबरीमा खेलेसँगै फाइनलमा पुगेको छ । पहिलो हाफमा भुटासँग १ गोलले पछि परेको नेपालले खेलको दोस्रो हाफमा १ गोलको बराबरीमा भुटानलाई रोक्दै फाइनलमा पुग्न सफल भएको हो । दोस्रो हाफको खेलको अन्तिम मिनेटमा निशान खड्काको कर्नरमा अनन्त तामाङको हेडर पासमा दिपक सिंह ठकुरीले नेपाललाई गोल दिलाएका हुन् । भुटानको तर्फबाट...

  • २०७९ चैत्र ३, शुक्रबार

    राष्ट्रपति पाैडेलद्वारा विश्वकप क्रिकेटमा छनोट भएका खेलाडीलाई बधाई तथा शुभकामना

    काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले खेलाडीको मनोबल बढाउन सरकारले ध्यान दिनुपर्ने बताएका छन् । विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएकामा नेपाली खेलाडीलाई बधाई तथा शुभकामना दिन राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित समारोहमा उनले देशको सान राख्न खेलकुद क्षेत्रमा पूर्वाधार बढाउनुपर्ने जिकिर गरे । राष्ट्रपति पौडेलले नेपाली क्रिकेट टोलीले देशको इज्जत र गौरव बढाएको बताए । उनले नेपालमा खेलकुद...

  • २०७९ चैत्र २, बिहिबार

    यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा

    काठमाडौं -आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको अन्तिम खेलमा नेपालसँग संयुक्त अरब इमिरेट्स (यूएई) पराजित भएको छ । ३११ रनको विशाल लक्ष्य पाएको नेपालले यूएईलाई ९ रनले हराएको हो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज जारी खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको युएईले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३१० रनको विशाल योगफल बनाएको थियो । एकदिवसीय...

Pages