STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

पीचमै ढलेका ब्याट्सम्यानको मृत्यु

Janjati Khabar – Janjati Khabar | २०८० पौष २५, बुधबार

काठमाडौं- भारतको नोएडामा भएको क्रिकेट खेलमा पीचमै ढलेका एक ३४ वर्षीय ब्याट्सम्यान विकास नेगीको मृत्यु भएको छ ।उनको हृदयघातबाट मृत्यु भएको चिकित्सकले बताएका छन् ।

अन्य ब्याट्सम्यान र फिल्डिङ टीमका खेलाडीले उनलाई तत्काल सीपीआर दिन थाले पनि खेलाडीको घटनास्थल मै मृत्यु भएको थियो ।

उनी एक इन्जिनियर थिए जो नोएडामा कर्पोरेट लिग खेल्दै थिए । नोएडामा कर्पोरेट लिगको दौरान माभेरिक्स ११ र ब्लेजिङ बुल्सबीचको खेल चलिरहेको थियो। माभेरिक्सको टोली ब्याटिङ गरिरहेको थियो । 

उमेश कुमार र विकास पीचमा थिए । १४औँ ओभर चलिरहेको थियो । उमेशले चौका प्रहार गरे । विकास ननस्ट्राइकर एन्डबाट बधाई दिन स्ट्राइकरको छेउमा गए। उमेश कहाँ पुग्नुअघि नै विकास पीचमा ढले ।

Categorized in खेलकुद