STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

यू–१९ विश्वकपमा नेपाल बङ्गलादेशसँग पराजित

Janjati Khabar – Janjati Khabar | २०८० माघ १८, बिहिबार

काठमाडौं- नेपालले आईसीसी यू–१९ विश्वकप २०२४ को सुपर सिक्स खेलमा बङ्गलादेशसँग पराजित भएको छ ।

दक्षिण अफ्रिकामा जितका लागि पाएको १७० रनको मध्यम लक्ष्य बङ्गलादेशले  २५.२ ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो । नेपालका सुवास भण्डारी एक्लैले ५ विकेट लिए पनि खेल जिताउन सकेनन् ।

यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ४९.५ ओभरमा १६९ रनमा अल आउट भएको थियो । नेपालका मध्यक्रमका ब्याटर विशाल विक्रम केसीले १ सय बलमा ६ चौकासहित सर्वाधिक ४८ रन बनाए । यस विश्वकपमा उनले पहिलो पटक खेल्ने मौका पाएका हुन् ।  

Categorized in खेलकुद