STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

Janjati Khabar – Janjati Khabar | २०८० पौष १७, मंगलबार

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले खेल क्षेत्रको विकासका पहलका लागि तीन तहको सरकारलाई ध्यानाकर्षण गराएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित ‘तेस्रो राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगिताको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले खेलकुदले समग्र विद्यार्थीलाई सहयोग गरी सामाजिक, मानसिक र आर्थिक दृष्टिमा सशक्त बनाउने भन्दै खेल क्षेत्रको विकासको पहलका लागि तीनै तहको सरकारलाई ध्यानाकर्षण गराएका हुन् । 

‘खेलकुद राष्ट्रिय सोच र सपना साकार पार्ने प्रेरणाको स्रोत पनि हो, त्यही भएर खेल क्षेत्रको विकासका लागि संघ, प्रदेश र स्थानीय सरकारबाट प्रयासहरू होस् भनेर ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने, ‘खेलकुदले समग्र विद्यार्थीलाई सहयोग गरी सामाजिक, मानसिक र आर्थिक दृष्टिमा सशक्त बनाउँछ ।’

उनले नेपालको समग्र विकास समृद्धि र प्रगतिमा पनि युवा विद्यार्थीको अग्रणी र महत्वपूर्ण भूमिका रहने उल्लेख गरे ।

राष्ट्रपति पौडेलले खेलकुद प्रतियोगिताले विद्यार्थी-विद्यार्थीबीच सामूहिकता, सहभागिता र उत्साह जगाइ शिक्षा क्षेत्रलाई पनि सभ्य बनाउने भएकाले शिक्षा र खेलकुदबीच अदभूत सम्बन्ध रहेको धारणा राखे । 

उनले भने, ‘सार्वजनिक स्थलमा सञ्चालन हुने खेलकुद प्रतियोगिता विद्यार्थी-विद्यार्थीबीच सामूहिकता, सहभागिता र उत्साह जगाउने शिक्षाको मनोक्रियात्मक क्षेत्रलाई सभ्य बनाउने भएकाले  शिक्षा र खेलकुदबीच अदभूत सम्बन्ध हुन्छ ।’

Categorized in खेलकुद