STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

काठमाडौं मनपा राष्ट्रपति रनिङ शिल्ड : विश्व निकेतन मावि च्याम्पियन

Janjati Khabar – Janjati Khabar | २०८० पौष २१, शनिबार

काठमाडौं- काठमाडौं महानगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकूद प्रतियोगितामा १२ स्वर्ण पदकसहित विश्व निकेतन माध्यमिक विद्यालय च्याम्पियन बनेको छ। विभिन्न खेलमा विद्यालयले १२ स्वर्णसहित २ रजत र २ कास्य गरी १६ पदक प्राप्त गरेको हो ।

प्रतियोगितामा ६ स्वर्ण, ३ रजत र ४ कास्य पदक प्राप्त गर्दै पद्मकन्या माध्यमिक विद्यालय डिल्लीबजार दोस्रो भएको छ भने ५ स्वर्ण, १३ रजत र ५ कास्य पदक गर्दै बिजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालय तेस्रो भएको छ । प्रतियोगिताअन्तर्गत जिल्लास्तरीय प्रतियोगिताका लागि काठमाडौं महानगरपालिकाबाट उत्कृष्ट १०१ जना खेलाडी छनोट भएका छन् ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेहरूलाई महानगरपालिकाले क्रमशः ५० हजार, ४० हजार र ३० हजार रुपैयाँसहित मेडल र प्रमाण पत्र प्रदान गरेको छ । प्रतियोगितामा ५ स्वर्ण, १ रजत र १ कास्य पदक हासिल गर्ने ज्ञानोदय माध्यमिक विद्यालय सान्त्वाना घोषित भयो ।

उनीहरूलाई शुक्रबार डिल्लीबजारस्थित पदमकन्या माविमा एक कार्यक्रमका बीच उपमेयर सुनिता डंगोल, सामाजिक समितिका संयोजक रामकुमार केसी र निमित्त प्रमुख प्रशासकीय अधिकृत एवं शिक्षा अधिकारी सीताराम कोइरालाले संयुक्तरुपमा नगद, पदक र शिल्डसहित पुरस्कृत गरे ।

प्रतियोगितामा करिब ५० वटा विद्यालय सहभागी थिए ।

Categorized in खेलकुद