STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

यु-१९ विश्वकप : नेपाल न्युजिल्यान्डसँग पराजित

Janjati Khabar – Janjati Khabar | २०८० माघ ७, आइतबार

काठमाडौं - यु-१९ विश्वकपको पहिलो खेलमा नेपाल पराजित भएको छ। नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको हो। न्युजिल्यान्डले दिएको ३०३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरको खेलमा ९ विकेट गुमाएर २३८ रनमात्र बनायो। 

नेपालका लागि सर्वाधिक रन अर्जुन कुमालले बनाए। १०४ बल खेलेका अर्जुनले १२ चौकाको मद्धतले ९० रन बनाए। त्यस्तै तिलक भण्डारी र सुवास भण्डारीले ३७ रनको साझेदारी खेलेका थिए। तिलक १७ रन र सुवास ३३ रनमा अविजित रहे।

त्यस्तै कप्तान देव खनालले ३६ रन, दीपक बोहोराले १५ रन र आकाश चन्दले १४ रन बनाए। त्यस्तै ओपनर दीपक बोहोरा र उत्तम मगर शून्यमै आउट भएका थिए भने आकाश त्रिपाठी र गुल्शन झा २-२ रन बनाएर पेभेलियन फर्किए।

यसअघि टस जितेर ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ओभरको खेलमा ८ विकेट गुमाएर ३०२ रन बनाएको थियो। न्युजिल्यान्डका लागि स्नेहिथ रेड्डीले सतक प्रहार गरेका थिए। रेड्डी १४७ रनमा अविजित रहे। १२५ बल खेलेका उनले ११ चौका र ६ चौका प्रहार गरे। त्यस्तै टम जोनेश ३३ रन, लुके वाट्सन १४ रन, ओस्कार ज्याक्सन ७५ रन, एलेक्स १३ र म्याट २ रन बनाएर पेभेलियन फर्किएका थिए। ओलिभर, लचलन र ज्याक शून्य रनमै आउट भएका थिए। 

नेपालका लागि सुवास भण्डारीले ३ र गुल्शन झाले २ विकेट लिए। त्यस्तै दीपेश कँडेल, तिलक भण्डारी र आकाश त्रिपाठीले एक-एक विकेट लिए। न्युजिल्यान्डले टस जितेर पहिले ब्याटिङ गरेको थियो।

Categorized in खेलकुद