STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

टी-२० विश्वकपको तालिका प्रकाशित, नेपालसँगै दक्षिण अफ्रिका र श्रीलंका

Janjati Khabar – Janjati Khabar | २०८० पौष २१, शनिबार

काठमाडौं— टी–२० विश्वकप २०२४ को खेल तालिका औपचारिक रुपमा सार्वजनिक भएको छ । टी–२० ढाँचाको यो महत्वपूर्ण प्रतियोगिता संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा जुन १ बाट संयुक्त रुपमा सुरु हुनेछ ।

पहिलो पटक टी–२० विश्वकपमा २० टोलीको सहभागिता रहेको र सबै टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहमा ५/५ टोलीले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन् र समूहका शीर्ष २ टोली सुपर–८ मा पुग्नेछन् । सुपर–८ मा पनि टोलीलाई ४/४ को २ समूहमा विभाजन गरिनेछ । सुपर–८ पछि सेमिफाइनल र फाइनलको बाटो तय हुनेछ ।

प्रतियोगिताको पहिलो खेल जुन १ मा आयोजक अमेरिका र क्यानडाबीच हुनेछ । नेपाली टीम समूह डीमा रहेको छ । यो समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश, नेदरल्यान्ड रहेका छन् । 

नेपालले जुन ४ तारिखमा  नेदरल्यान्डसँग खेल्दै विश्वकपको यात्रा तय गर्ने छ । यो खेल डालसमा हुने छ । यसैगरी ११ जुनमा श्रीलंकासँग लाउडरहिलमा खेल्ने छ ।  १४ जुनमा दक्षिण अफ्रिका र जुन १६ मा बंगलादेशसँग सेन्ट भिनसेन्टमा खेल्ने छ ।  

समूह ए – भारत, पाकिस्तान, आयरल्याण्ड, अमेरिका र क्यानडा

समूह बी – इंग्ल्यान्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्याण्ड र ओमान

समूह सी – नेदरल्यान्ड, वेस्ट इन्डिज, अफगानिस्तान, युगान्डा र पपुवा न्युगिनी

समूह डी – दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश, नेदरल्यान्ड र नेपाल

सन् २०२४ को टी–२० विश्वकपमा कुल ५५ खेल खेलिनेछन् जसमा समूह चरणका ४० खेल जुन १ देखि १८ सम्म हुनेछ । त्यसपछि जुन १९ देखि जुन २४ सम्म सुपर ८ मा दुई समूहका कुल १२ खेल हुनेछन् । सेमिफाइनल खेल २६ र २७ तारिखमा हुनेछ भने फाइनल खेल २९ गते हुनेछ ।

Categorized in खेलकुद