
यू-१९ विश्वकप क्रिकेट : आज नेपाल न्युजिल्याण्डसँग खेल्दै
Janjati Khabar – Janjati Khabar | २०८० माघ ७, आइतबार

काठमाडौं- यू-१९ विश्वकप क्रिकेटमा नेपालले पहिलो खेल न्युजिल्याण्डसँग खेल्दै छ । खेल आज दिउँसो पौने २ बजे हुनेछ । यू-१९ विश्वकपमा नेपालले ८ वर्षपछि न्युजिल्याण्डसँग खेल्न लागेको हो।
यू-१९ विश्वकपमा नेपाल र न्युजिल्याण्डबीचको यो तेस्रो भेट हो । यसअघिका दुवै खेलमा नेपालले जित निकालेको थियो । नेपाल र न्युजिल्याण्डबीच सन् २००६ को विश्वकपमा पहिलो पटक प्रतिस्पर्धा भएको थियो । आइतबार दक्षिण अफ्रिकामा हुने खेलमा नेपालका लागि इतिहास दोहोर्याउन सजिलो भने हुनेछैन ।
न्युजिल्याण्ड यू-१९ इतिहासमा उपाधिको खडेरी तोड्ने लक्ष्यमा छ । सन् १९९८ को विश्वकपमा फाइनलमा पुगेको न्युजिल्याण्ड २०२० मा सेमिफाइनलमा पुगेको थियो ।
यसपटक न्युजिल्याण्ड छनोट खेलेर विश्वकपका छानिएको हो । किनभने न्युजिल्याण्डले अघिल्लो संस्करणको विश्वकपमा कोभिड-१९ का कारण नाम फिर्ता लिएको थियो । जसका कारण उसले एसिया प्यासिफिक क्वालिफायरमार्फत सन् २०२४ को विश्वकपमा स्थान बनायो । छनोटमा न्युजिल्याण्डले सबै ६ खेल आरामसँग जितेको थियो ।
Categorized in खेलकुद