STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

एसिया कप : नेपाल पाकिस्तानसँग २३८ रनले पराजित

Janjati Khabar – Janjati Khabar | २०८० भाद्र १३, बुधबार

काठमाडौं - बुधबार पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा सम्पन्न भएको एसिया कपको उद्घटान खेलमा नेपाल पाकिस्तानसँग २३८ रनले पराजित भएको छ ।

पहिले टस जितेर ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा नेपाललाई ३४३ रनको विशाल लक्ष्य दिएको थियो । तर, नेपालले उक्त लक्ष्य पूरा गर्न सकेन ।२३.४ ओभरमा नेपालले १० विकेट गुमाएर १०४ रन मात्र बनाउन सक्यो ।

पहिले टस जितेर ब्याटिङ गरेको पाकिस्तानका तर्फबाट कप्तान बाबर अजाम र इफ्तिखार अहमद चम्किएसँगै नेपालले विशाल लक्ष्य पाएको थियो । सुरुवाती चरणको खेलमा नेपाललले उत्कृष्ट बलिङ गरे पनि पछि खेल विस्तारै खस्किन पुग्यो भने ब्याटिङमा प्रदर्शन गर्नै सकेन ।

खेलको सुरुवात चरणमा कप्तान रोहित पौडेलले ओपनर इमाम उलहकलाई रनआउट गराएक थिए। त्यसअघि नेपालका करण केसीले पहिलो विकेट लिए।

यस्तै नेपालले तेस्रो विकेटको रुपमा मोहमद रिजवानलाई २३.४ ओभरमा ४४ रनमा रनआउट गर्न सफल भएको थियो । उनलाई दीपेन्द्रसिंह ऐरीले रनआउट गरेका थिए भने चौथो विकेट सन्दीप लामिछानले लिए। सन्दीपले अघा सलमानलाई ५ रनमा कुशल भुर्तेलबाट क्याच गराए।

त्यसपछि नेपालले ४९.४ ओभरमा कप्तान बाबरलाई आउट गर्यो । उनलाई सोमपालले आउट गरे भने अन्तिम बल ४९.५ ओभरमा सोमपालले सदाबलाई आउट गराए । सलमान आउट भएसँगै खेल मैदानमा प्रवेश गरेका इफ्तिखार र बाबरले उत्कृष्ट ब्याटिङ गरेका थिए । उनीहरु दुवैले शतक प्रहार गरेका थिए ।

Categorized in खेलकुद