STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

एसिया कप : नेपाल भारतसँग पराजित, एसिया कप यात्राको सुखद् अन्त्य

Janjati Khabar – Janjati Khabar | २०८० भाद्र १९, मंगलबार

काठमाडौं - एसिया कपमा नेपाल भारतसँग दस विकेटले पराजित भएको छ। वर्षाले खेल प्रभावित भएपछि डीएलएसबाट २३ ओभरमा १४५ रनको नयाँ लक्ष्य पाएको भारतले बिना विकेट क्षति १७ बल अगावै पूरा गरेको छ। भारतका लागि रोहित शर्माले ७४ र शुभम गिलले ६७ रन बनाए। 

यससँगै नेपाल एसिया कपको समूह चरणबाटै बाहिरिएको छ। यसअघि नेपाल पहिलो खेलमा पाकिस्तानसँग २३८ रनले पराजित भएको थियो।

यसअघि नेपालले भारतलाई २३१ रनको लक्ष्य प्रस्तुत गरेको थियो। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाएर २३० रन बनाएको थियो ।

नेपालका लागि आशिफ शेखले अर्धशतक बनाउन सफ भए भने सोमपाल कामी २ रनले अर्धशतक बनाउनबाट चुके । आशिफले भारतविरुद्ध ५८ रन बनाए भने सोमपालले ४८ रन बनाएर आउट भए ।

सम्मानजनक योगफल तयार पार्न आशिफ शेखले अर्धसतक प्रहार गरेका थिए। ९७ बल खेलेका उनले ८ चौकासहित ५८ रन बनाए। त्यस्तै सोमपाल कामीले ४८ रन बनाए। ५६ बल खेलेका उनले दुई छक्का र एक चौका प्रहार गरेका थिए।

ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले ३८ रन बनाएर पेभेलियन फर्किँदा दीपेन्द्र सिंह ऐरीले २९ र गुल्शन झाले २३ रन बनाएर आउट भए। 

त्यसबाहेक अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन्। भीम सार्की ७, रोहित पौडेल ५, कुशल मल्ल २ रन बनाउँदा, सन्दीप लामिछाने ९ र करण केसी २ रनमा अविजित रहे। ललित राजबंशी भने शून्य रनमै आउट भए।

त्यस्तै भारतका मोहम्मद सिराज र रविन्द्र जडेजाले तीन-तीन विकेट लिए भने मोहम्मद सामी, हार्दिक पाण्डे र श्रदुल ठाकुरले एक-एक विकेट लिए। 

Categorized in खेलकुद