STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

एशिया कप क्रिकेट खेल्न सन्दीप पाकिस्तान उडेे

Janjati Khabar – Janjati Khabar | २०८० भाद्र ११, सोमबार

काठमाडौँ - क्रिकेटर सन्दीप लामिछानेमाथि यतिखेर समग्र नेपाली क्रिकेट क्षेत्रले आशा-भरोसा गरेको छ । एशिया कप क्रिकेट खेल्नका लागि आजै मात्र सन्दीप पाकिस्तान उडेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार बिहानै पकास्तिानका लागि उडेका उनले त्यहाँ भारत र पाकिस्तानसँग खेल्न पाउनु खुसीको कुरा रहेको बताए । पाकिस्तान उड्नुअघि क्रिकेटर लामिछानेले अहिले नेपाली क्रिकेट टिम लयमा रहेको बताए । उनले एशिया कपमा राम्रो खेलेर नेपालीको मन जित्ने प्रतिबद्धता जनाए ।

सन्दीपलाई बिदाइ गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ पनि विमानस्थल पुगेका थिए । उनले एशिया कपमा सम्पूर्ण नेपालीको आशा-भरोसा क्रिकेटर लामिछानेमाथि रहेको बताए । सन्दीपको उपस्थितिले नेपाली क्रिकेट टिम पूर्णरुपमा बलियो बनेको उनको दाबी छ । आज सिंगो देशले सन्दीपमाथि जसरी भरोसा गरेको छ, त्यो भरोसा सन्दीपबाट पूरा हुने विश्वास घिसिङले व्यक्त गरे

क्रिकेटर लामिछानेले अब आगामी दिनमा पनि पाकिस्तान र भारतसँग खेल्ने वातावरण बनाइरहनका लागि निरन्तर मेहनत गर्नुपर्ने समेत बताए ।

नेपालले एशिया कपमा ३० अगस्टमा पाकिस्तानसँग खेल्ने छ भने ४ सेप्टेम्बरमा भारतसँग प्रतिष्पर्धा गर्नेछ ।

Categorized in खेलकुद