STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेपाल जिम्बावेसँग ८ विकेटले पराजित

Janjati Khabar – Janjati Khabar | २०८० आषाढ ३, आइतबार

काठमाडौं - विश्वकप क्रिकेट छनोट खेलमा नेपाल जिम्बावेसँग पराजित भएको छ ।

आइतबार हरारेको मैदानमा भएको खेलमा जिम्बावेसँग नेपाल ८ विकेटले पराजित भएको हो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले जिम्बावेलाई जितका लागि २९१ रनको लक्ष्य दिएको थियो ।

तर, नेपाली टोलीले जिम्बावेलाई पराजित गर्न असफल रह्यो ।

२९१ रनको लक्ष्य पाएको जिम्बावेले २ विकेटको क्षतिमा ४४.१ ओभरमा लक्ष्य भेट्टाउँदै जित हासिल गर्न सफल भयो ।

जिम्बावेका लागि क्रेग एर्विन र सेन विलियम्स दुवैले शतक बनाउन सफल रहे । समूह ए मा रहेको नेपालले मंगलबार दोस्रो खेल अमेरिकासँग खेल्दैछ।

Categorized in खेलकुद