STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

खेलकुद

  • २०७९ बैशाख १३, मंगलबार

    सातदोबाटोको पौडी पोखरी भोलिदेखि सर्वसाधारणका लागि खुल्ने

    काठमाडौं - सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको पौडी पोखरी बुधबारदेखि सर्वसाधारणका लागि खुल्ने भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले पौडी पोखरीको मंगलबार औपचारिक शुभारम्भ गरे । मर्मत सम्भार, कोभिडलगायत कारणले ४ वर्षपछि सर्वसाधारणका लागि पहिलो पटक पौडी पोखरी खुल्न लागेको हो । पौडी पोखरी तीन सिफ्टमा सञ्चालन गरिने परिसरका प्रमुख देवराज कटुवालले जनाएका छन्...

  • २०७८ चैत्र २७, आइतबार

    कीर्तिपुरमा भएको खोखो प्रतियोगितामा आर्मी प्रथम

    नेपाल खोखो संघको आयोजनामा भएको छैठौं राष्ट्रिय पुरुष खोखो प्रतियोगिता सम्पन्न भएको छ ।  कीर्तिपुर १० वडास्थित कीर्तिपुर बास्केटबल कभर्ड हलमा भएको उक्त प्रतियोगितामा विभागीय टीम नेपाल आर्मी प्रथम भएको छ भने लुम्बिनी प्रदेश द्वितीय र बागमती प्रदेश तृतीय भएका छन् । यस्तै प्रतियोगितामा आर्मी र लुम्बिनीका दुईजना खेलाडीहरु उत्कृष्ट खेलाडीको सम्मानबाट सम्मानित भएका थिए । चैत्र २४ गतेदेखि संचालित...

  • २०७८ चैत्र २३, बुधबार

    छैठौं पुरुष राष्ट्रिय खोखो प्रतियोगिता चैत्र २४ देखि कीर्तिपुरमा, कीर्तिपुरका मेयर रमेश महर्जनद्वारा उद्घाटन हुने

    नेपाल खोखो संघको आयोजनामा चैत्र २४ गते बिहिबारदेखि छैठौं संस्करणको पुरुष राष्ट्रिय खोखो प्रतियोगिता कीर्तिपुरमा हुने भएको छ । आयोजक नेपाल खोखो संघका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक प्रदीप महर्जनले उक्त खोखो प्रतियोगिता चैत्र २४ गते बिहिबार कीर्तिपुरको बाघभैरब मन्दिर परिसरबाट स्थानीय लोकबाजासंगैं मार्चपास गरी खेलस्थल कीर्तिपुर कभर्ड हल नयाँबजार पुगेपछि उद्घाटनको औपचारिक कार्यक्रम हुने र...

  • २०७८ चैत्र २२, मंगलबार

    एएफसी कप छनोटमा मच्छिन्द्र क्लब पराजित

    काठमाडौं - मच्छिन्द्र फुटबल क्लब एएफसी कप छनोट प्रतियोगिताअन्तर्गत पहिलो खेलमै पराजित भएको छ। मच्छिन्द्रले श्रीलंकाको ब्लु स्टार स्पोर्टस् क्लबसँग २-१ गोलअन्तरले हार व्यहोरेको हो। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा मच्छिन्द्रले अपेक्षा गरेअनुसारको खेल प्रदर्शन गर्न सकेन। उसका लागि कप्तान सुजल श्रेष्ठले मात्र गोल गर्न सके। श्रीलङ्काको ब्लु स्टारका लागि मोहमद इशान र सेनल सन्देशले एक-एक...

  • २०७८ चैत्र २१, सोमबार

    कीर्तिपुरमा १३ औं शहिद स्मृतिकप ब्याडमिन्टन प्रतियोगिता सुरु

    २०४६ सालको जनआन्दोलनमा चैत्र २० गते कीर्तिपुरमा शहादत प्राप्त गरेका चार जना शहिदहरु राजमान माली, राजेन्द्र महर्जन, हिराकाजी महर्जन र लनबहादुर महर्जनको सम्झनामा निरन्तर रुपमा प्रत्येक वर्ष संचालन हुँदै आइरहेको शहिद  स्मृृतिकप ब्याडमिन्टन प्रतियोगिता २०७८ चैत्र २१ सोमबारबाट संचालन भएको छ । कीर्तिपुरको शहिद दिवसको उपलक्ष्यमा संचालित उक्त प्रतियोगिता चैत्र २१ देखि चैत्र २६ शनिबारसम्म संचालन हुनेछ...

  • २०७८ चैत्र २१, सोमबार

    नेपालले जित्यो त्रिदेशीय टी–२० शृंखला

    काठमाडौं - नेपालले टी-२० त्रिदेशीय क्रिकेट शृंखला जितेको छ । सोमबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा पपुवा न्युगिनीलाई ५० रनले हराउँदै नेपालले पहिलो पटक टी-२० त्रिदेशीय शृंखला जितेको हो । नेपालले दिएको १६९ रनको विजयी लक्ष्य पछ्याएको पपुवा न्युगिनी १६ दशमलब २ ओभरमा सबै विकेट गुमाउँदै ११८ रनमा समेटियो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६८ रनको...

  • २०७८ चैत्र २१, सोमबार

    नेपालले त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेल्दै

    काठमाडौं - त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधिका लागि सोमबार नेपालले पपुवा न्यूगिनी (पीएनजी)विरुद्ध खेल्दै छ । फाइनलमा उत्कृष्ट प्रदर्शन गर्ने र उपाधि आफ्नो पक्षमा बनाउने नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले बताएका छन् । खेलअघि आयोजित पत्रकार सम्मेलनमा उनले कप्तान तथा खेलाडीको रुपमा आफ्नो लागि यो उपाधि निकै महत्वपूर्ण भएको बताए । सिरिज जिताएर सबै...

  • २०७८ चैत्र १९, शनिबार

    कतार विश्वकपकाे समूह विभाजन ‘ड्र’ सार्वजनिक

      एजेन्सी - कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलको समूह विभाजन ‘ड्र’ सार्वजनिक भएको छ । दोहामा शुक्रबार एक कार्यक्रमकाबीच विश्वकपको समूह चरणको समूह विभाजन सार्वजनिक गरिएको हो । सार्वजनिक ड्र अनुसार साविक विजेता फ्रान्स समूह डी मा परेको छ । तुलनात्मक सहज रहेको यस समूहमा फ्रान्ससँगै डेनमार्क, ट्युनिसिया र प्ले अफबाट आउने एक टोली रहनेछ । यस समूहमा युएई, अष्ट्रेलिया र पेरुमध्ये एक टोली आउने छन् ।...

  • २०७८ चैत्र १७, बिहिबार

    त्रिकोणात्मक सिरिज : नेपाल एक खेलअगावै फाइनलमा

    काठमाडाैँ - नेपाली राष्ट्रिय क्रिकेट टोली पपुवा न्युगिनी (पिएनजी) र मलेसिया सम्मिलित त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजको फाइनलमा प्रवेश गरेको छ । बिहीबार आफ्नो तेस्रो खेलअन्तर्गत पिएनजीलाई ३७ रनले हराउँदै नेपाल एक खेलअगावै फाइनलमा प्रवेश गरेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको दुई सय चार रनको लक्ष्य पछ्याएको पिएनजी १९ दशमलव चार ओभरमा अलआउट हुँदै एक सय ६६ रनमात्र बनाउन...

  • २०७८ चैत्र १६, बुधबार

    मलेसियामाथि नेपालको जित

    काठमाडाैँ - त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपालले मलेसियालाई हराएको छ । बुधबार कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले मलेसियामाथि ६ विकेटको जित निकालेको हो । मलेसियाले दिएको १ सय १५ रनको लक्ष्य नेपालले १३ ओभर ४ बलमा मात्र ४ विकेट गुमाएर पूरा गरेको हो । लक्ष्य पछ्याउने क्रममा नेपालले खराब सुरुवात गरेको थियो । एक रनमात्र हुँदा पहिलो विकेट गुमाएको नेपालले चौथो ओभरमा...

  • २०७८ चैत्र १२, शनिबार

    पपुवा न्युगिनीसँग नेपाल क्लिन स्वीप

    त्रिवि मैदानमा शनिबार भएको दोस्रो एक दिवसीय क्रिकेटमा पनि नेपाल पराजित भएको छ । शनिबारको खेल हारेसँगै नेपाल आफ्नै भूमिमा पपुवा न्युगिनीसँग २ खेलको शृंखलामा क्लिन स्वीप भएको छ । शुक्रबार ६ रनले पराजित भएको नेपाल शनिबार ३ विकेटले पराजित भयो । त्रिवि मैदानमा पहिला ब्याटिङ गरेको नेपालले दिपेन्द्रसिंह ऐरीको शतक र दोस्रो खेल खेलिरहेका देव खनालको अर्धशतकका सहयोगमा ८ विकेटमा २७८ रन बनाएको थियो । जवाफी...

  • २०७८ चैत्र १२, शनिबार

    पीएनजीविरुद्ध मैदानमा उत्रिँदै नेपाल

    काठमाडाैं - नेपालले दोस्रो तथा अन्तिम एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा आज पाहुना टोली पपुवा न्युगिनी (पीएनजी)विरुद्ध प्रतिस्पर्धा गर्दैछ । टियु क्रिकेट मैदानमा नेपाल र पीएनजीबीचको खेल बिहान ९ः३० बजे सुरु हुनेछ । नेपाल आज पीएनजीलाई हराउँदै सिरिज बराबरी गर्ने लक्ष्यसहित मैदात्र उत्रिनेछ । पीएनजी भने नेपाललाई हराएर सिरिज कब्जा गर्न चाहन्छ । शुक्रबार भएको पहिलो खेलमा नेपाल ६ रनले पराजित भएको थियो...

Pages