STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

खेलकुद

  • २०७८ माघ २९, शनिबार

    आईपीएल अक्सनमा सन्दीप बिकेनन्

    माघ २९, काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने इण्डियन प्रिमियर लिग (आईपीएल) को शनिबार भएको मेगा अक्सनमा अनसोल्ड रहेका छन् । स्पीनर्स अनक्याप्ड समूहमा रहेका उनीमाथि आईपीएलका १० वटै फ्रेन्चाइजीले रुची देखाएनन् । २०१८ मा पहिलो पटक आईपीएलमा सन्दीपले बेस प्राइज २० लाख भारुमा दिल्ली क्यापिटल्सका लागि खेलेका थिए । सन्दीपले आईपीएलका ९ खेलमा १३ विकेट लिएका छन् । २०२१ मा...

  • २०७८ माघ २९, शनिबार

    नेपाल युएईसँग पराजित

    माघ २९, काठमाडौं - नेपालले चारदेशीय ट्वान्टी–२० शृंखलामा युएईविरूद्ध २५ रनको पराजय बेहोरेको छ । १ सय ९३ रनको लक्ष्य पाएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाइ १ सय ६७ रनमात्र बनाउन सक्यो । नेपालबाट ओपनरद्वय ज्ञानेन्द्र मल्ल १९ बलमा २२ र आसिफ शेखले २९ बलमा ३४ रन बनाए । ज्ञानेन्द्रले २ चौका र १ छक्का तथा आसिफले ४ चौका र १ छक्का प्रहार गरे । दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४१ रन बनाए । ३३ बल खेलेका...

  • २०७८ माघ २७, बिहिबार

    फिफा वरीयतामा नेपाल १६७ औँ स्थानमा

    माघ २७, काठमाडौं - नेपाली फुटबलको फिफा वरीयतामा सुधार भएको छ । २ स्थान सुधारपछि नेपाल १६७ औँ स्थानमा रहेको छ । यसअघि नेपाल १६९ औँ स्थानमा थियो । नेपालले हालै घरेलु मैदान दशरथ रंगशालामा अफ्रिकी मुलुक मौरिसससँग दुईवटा मैत्रीपूर्ण खेल खेलेको थियो । दुबैमा नेपाल विजयी भएको हो । मौरिससँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पाएको जितले नेपालको फिफा वरीयतामा सुधार भएको हो । मौरिसससँगको पहिलो खेलमा विमल...

  • २०७८ माघ १५, शनिबार

    मौरिससमाथि नेपालको ऐतिहासिक जित

    माघ १५, काठमाडौं - काठमाडौंस्थित दशरथ रंगशालामा भएको मौरिसससँगको मैत्रीपूर्ण फुटबल खेलमा नेपालले जित हात पारेको छ । नेपालले १-० गोल अन्तरले मौरिससलाई पराजित गरेको हो । नेपालको जितमा लामो समयपछि राष्ट्रिय टिममा कमब्याक गरेका स्ट्राइकर विमल घर्तीमगरले खेलको ५४औँ मिनेटमा गरेको गोल निर्णायक रह्यो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफ सुरु भएपछि नेपालले आक्रामक खेल प्रस्तुत गरेको थियो...

  • २०७८ माघ १४, शुक्रबार

    क्यानले मल्ललगायतलाई अनुबन्धन बाहिर राख्ने निर्णय फिर्ता लियाे

    नेपाल क्रिकेट संघ (क्यान) ले ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीलाई ६ महिनाका लागि अनुबन्धनबाट बाहिर राख्ने यसअघिको निर्णय फिर्ता लिएको छ । क्यानको बिहीबार बसेको बैठकले यसअघिको निर्णय फिर्ता लिने निर्णय गरेको हो ।  क्यानले गुलशन झा, विक्रम सोब र रोहितकुमार पौडेललाई जनही एक लाख र महिला क्रिकेटर ज्योति पाण्डेलाई ५० लाख रुपैयाँ प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ । यस्तै...

  • २०७८ पौष २४, शनिबार

    बेस्ट फिफा अवार्डका लागि मेस्सी, लेवान्डोस्की र सलाह मनोनयनमा

    २४ पुस, एजेन्सी - विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले ‘द बेस्ट फिफा पुरुष वर्ष खेलाडी’ अवार्डका लागि अन्तिम तीन खेलाडीको नाम सार्वजनिक गरेको छ । फिफाले सार्वजनिक गरेको यसपालीको वर्ष पुरुष खेलाडीको अन्तिम मनोनयनमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सी, जर्मन क्लब बायर्न म्युनिखका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्की र इंग्लिस क्लब लिभरपुलका इजिप्टियन...

  • २०७८ पौष १९, सोमबार

    राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण हुने

      १९ पुस, काठमाडौं - नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणका लागि ३४ सदस्यीय प्रारम्भिक टोली घोषणा गरिएको छ । मुख्य प्रशिक्षक अब्दुलाह अल्मुताईरीले मरिससविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि ३४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका हुन् । नेपालले दशरथ रंगशालामा मरिसससँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । मैत्रीपूर्ण खेल जनवरी २९ र फेब्रुअरी १ मा हुनेछ । टिममा परेका खेलाडीहरुमा विशाल श्रेष्ठ, दीप...

  • २०७८ पौष १८, आइतबार

    क्रिकेट विवाद समाधानतर्फ, क्यान र खेलाडीबीच सहमति

    पुस १८, काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान) र अनुशासनको कारबाहीमा परेका पूर्वकप्तान ज्ञानेन्द्र मल्लसहितका चार खेलाडीबीच सहमति भएको छ । क्यानले मल्लसहित दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमल ऐरीलाई कारबाही गरेको थियो चार खेलाडीमाथि कारबाही भएपछि १४ जना खेलाडी बन्द प्रशिक्षणमा सहभागी भएका थिएनन् । त्यसपछि क्यानले खेलाडीसँग छलफल गरेको हो । छलफलमा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कार्यवाहक सचिव...

  • २०७८ पौष १८, आइतबार

    मेसीलाई कोरोना संक्रमण पुष्टि

    पुस १८, एजेन्सी - विश्व चर्चित फुटबल खेलाडी लियोनल मेसीलाई कोरोनाभाइरसको सङ्क्रमण भएको छ । मेसीसँगै अन्य तीन खेलाडी सेल्फ आइसोलेसनमा बसेको अधिकारीहरूले जानकारी दिएका छन् । अर्जेन्टीनाका खेलाडी मेसी अहिले फ्रान्सको फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा आबद्ध छन् । मेसीलाई कोरोना संक्रमण पुष्टि भएको उनी आबद्ध फुटबल क्लब पीएसजीले नै जानकारी दिएको छ । सङ्क्रमण पुष्टि भएसँगै मेसीले अहिले तत्कालका...

  • २०७८ पौष १८, आइतबार

    मछिन्द्र क्लबले एएफसी कप छनोट खेल्ने

    पुस १८, काठमाडौं - शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको साविक विजेता मछिन्द्र फुटबल क्लबले एएफसी कप छनोट खेल्ने भएको छ । नेपाल पुलिस क्लबलाई पराजित गर्दै सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएसँगै मछिन्द्रले सो छनोट खेल्ने पक्का गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मछिन्द्र शीर्ष स्थानमा...

  • २०७८ पौष ७, बुधबार

    खेलाडीमाथिको कारबाही फिर्ता गर्न क्यानका ६ बोर्ड सदस्यको माग

    ७ पुस, काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान) का ६ जना केन्द्रीय सदस्यहरुले खेलाडीमाथि गरिएको कारबाही फिर्ता लिन आग्रह गरेका छन्। बुधबार पत्रकार सम्मेलनको आयोजना गरी क्यानका केन्द्रीय सदस्यहरु ऋषिराम गौतम, अमितवीर पाण्डे, करन महतारा, मोहम्मद दाउद अन्सारी, सञ्जय राज सिंह र छुम्बी लामा (राखेप प्रतिनिधि) ले खेलाडीमाथि गरिएको कारबाही फिर्ता लिन आग्रह गरेका हुन्। उनीहरुले नेपालमा सञ्चालन भएको ट्राइ नेसन...

  • २०७८ पौष ७, बुधबार

    साफ च्याम्पियनसिपको उपविजेता टोली नगदसहित सम्मानित

    ६ पुस, काठमाडौं - सरकारले साफ च्याम्पियनसिपको उपविजेता नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीलाई सरकारले नगदसहित सम्मान गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा टोलीका २३ खेलाडीलाई जनही ५ लाख र ३ प्रशिक्षकलाई जनही ३ लाख रुपैयाँ हस्तान्तरण गरे । माल्दिभ्समा असोजमा सम्पन्न साफ च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग ३–० ले पराजित भएको थियो ।...

Pages