STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सन्दीप लामिछानेविरुद्ध मुद्दा दायर, १२ वर्षसम्म कैद माग

Janjati Khabar – Janjati Khabar | २०७९ कार्तिक १४, सोमबार

काठमाडौं - जिल्ला अदालत काठमाडौँमा राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको छ । किशोरी बलात्कार गरेको आरोपमा लामिछानेविरुद्ध उक्त मुद्दा दायर गरिएको हो । मुद्दामाथि मङ्गलबारदेखि थुनछेक बहस हुनेछ ।

सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामा लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद हुनुपर्ने माग गरिएको छ । सरकारी वकिललाई प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनमा सोही माग राखिएको थियो ।

प्रहरी हिरासतमा रहेका लामिछानेले भने आफूविरुद्ध लागेको बलात्कार आरोप अस्वीकार गरेका गर्दै आफू निर्दोष रहेको आफूले बलात्कार नगरेको बयान दिएका छन् । लामिछानेलाई नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा जाहेरी परेपछि न्यायिक हिरासतमा राखिएको छ । प्रहरीले उनलाई गत असोज २० गते अन्तर्राष्ट्रिय विमानस्थलबाटै प्रक्राउ गरेको थियो ।

लामिछानेको जग्गा र बैंक खाता रोक्का गर्न माग

 

नाबालिग जबर्जस्तीकरणी आरोपी सन्दीप लामिछानेको जग्गा र बैंक खाता रोक्का गर्न जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले अदालतसमक्ष माग गरेको छ ।

हाल सन्दीपको नाममा चितवनको कल्याणपुर–७ जग्गा रहेको छ । र, उक्त जग्गा रोक्का गर्न सरकारी वकिलले अभियोग पत्रमा माग गरेको छ।

यसैगरी एनआईसी एसिया बैंकको खातामा रहेको नगद ६५ हजार २९८ रुपैयाँ पनि रोक्का राख्न सरकारी वकिलले माग गरेको छ । सरकारी वकिलले मुलुकी अपराध संहिताको दफा २१९ को उपदफा (३) बमोजिम लामिछानेलाई १० देखि १२ वर्षसम्म जेलसजाय गर्न पनि माग दाबी गरेको छ ।

दफा २१९ को उपदफा (३ घ) मा पीडित १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरको महिला भए १० देखि १२ वर्षसम्म जेल सजाय हुनसक्ने व्यवस्था रहेको छ ।

Categorized in खेलकुद