STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

खेलकुद

  • २०७८ पौष १८, आइतबार

    मेसीलाई कोरोना संक्रमण पुष्टि

    पुस १८, एजेन्सी - विश्व चर्चित फुटबल खेलाडी लियोनल मेसीलाई कोरोनाभाइरसको सङ्क्रमण भएको छ । मेसीसँगै अन्य तीन खेलाडी सेल्फ आइसोलेसनमा बसेको अधिकारीहरूले जानकारी दिएका छन् । अर्जेन्टीनाका खेलाडी मेसी अहिले फ्रान्सको फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा आबद्ध छन् । मेसीलाई कोरोना संक्रमण पुष्टि भएको उनी आबद्ध फुटबल क्लब पीएसजीले नै जानकारी दिएको छ । सङ्क्रमण पुष्टि भएसँगै मेसीले अहिले तत्कालका...

  • २०७८ पौष १८, आइतबार

    मछिन्द्र क्लबले एएफसी कप छनोट खेल्ने

    पुस १८, काठमाडौं - शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको साविक विजेता मछिन्द्र फुटबल क्लबले एएफसी कप छनोट खेल्ने भएको छ । नेपाल पुलिस क्लबलाई पराजित गर्दै सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएसँगै मछिन्द्रले सो छनोट खेल्ने पक्का गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मछिन्द्र शीर्ष स्थानमा...

  • २०७८ पौष ७, बुधबार

    खेलाडीमाथिको कारबाही फिर्ता गर्न क्यानका ६ बोर्ड सदस्यको माग

    ७ पुस, काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान) का ६ जना केन्द्रीय सदस्यहरुले खेलाडीमाथि गरिएको कारबाही फिर्ता लिन आग्रह गरेका छन्। बुधबार पत्रकार सम्मेलनको आयोजना गरी क्यानका केन्द्रीय सदस्यहरु ऋषिराम गौतम, अमितवीर पाण्डे, करन महतारा, मोहम्मद दाउद अन्सारी, सञ्जय राज सिंह र छुम्बी लामा (राखेप प्रतिनिधि) ले खेलाडीमाथि गरिएको कारबाही फिर्ता लिन आग्रह गरेका हुन्। उनीहरुले नेपालमा सञ्चालन भएको ट्राइ नेसन...

  • २०७८ पौष ७, बुधबार

    साफ च्याम्पियनसिपको उपविजेता टोली नगदसहित सम्मानित

    ६ पुस, काठमाडौं - सरकारले साफ च्याम्पियनसिपको उपविजेता नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीलाई सरकारले नगदसहित सम्मान गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा टोलीका २३ खेलाडीलाई जनही ५ लाख र ३ प्रशिक्षकलाई जनही ३ लाख रुपैयाँ हस्तान्तरण गरे । माल्दिभ्समा असोजमा सम्पन्न साफ च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग ३–० ले पराजित भएको थियो ।...

  • २०७८ पौष १, बिहिबार

    ज्ञानेन्द्र मल्लसहितका चार खेलाडीमाथि कारबाही, सन्दीप लामिछाने नयाँ कप्तान

    मंसिर २९ - नेपाल राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी सन्दीप लामिछानेले पाएका छन् । कप्तान ज्ञानेन्द्र मल्लसहितका चार खेलाडीलाई कारबारी गर्दै नेपाल क्रिकेट संघले लामिछानेलाई कप्तानको जिम्मेवारी दिएको हो । क्यानले कप्तान मल्ल तथा उपकप्तान दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरी लगायत चार खेलाडीलाई कारबाही गरेको हो । बुधबार बसेको क्यानको बोर्ड बैठकले कप्तान र उपकप्तानलाई पदमुक्त गर्ने...

  • २०७८ पौष १, बिहिबार

    सिलवाललाई राखेप सदस्यसचिवमा पुनर्वहाली गर्न अन्तरिम आदेश

    २९ मंसिर, काठमाडौं - सर्वोच्च अदालतले रमेश कुमार सिलवाललाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवमा पुनर्वहाली गर्न अन्तरिम आदेश दिएको छ। आफुलाई अवैधानिकरुपमा हटाइएको भन्दै सिलवालले सर्वोच्चमा रिट दर्ता गरेका थिए। बुधबार न्यायाधिश हरि फुयाँलको एकल इजलासले सिलवाललाई पुर्नबहाली गर्न अन्तरिम आदेश दिएको हो। इजलासले युवा तथा खेलकुद मन्त्रालयले नियुक्त गरेका नयाँ सदस्य सचिव टंकलाल घिसिङलाईसमेत...

  • २०७८ मङ्सिर २९, बुधबार

    दाेस्राे बागमति प्रदेशस्तरीय जुनियर आमन्त्रण मेयर कप तेक्वान्दाे

    जैशिदेवल युथ क्लबकाे आयाेजनामा पुष ३ देखि ५ गते सम्म दाेस्राे प्रदेशस्तरीय जुनियर आमन्त्रण मेयर कप तेक्वान्दाे प्रतियाेगिता २०७८ हुने भएकाे छ ।  महिला हिंसा र युवा दुर्व्यसनीकाे विरूद्धमा युवापिढीलाइ खेलकूदमा संलग्न गराउने उद्देश्यले  शनिबारदेखि काठमाडाैंकाे दशरथ रंगशाला कभर्ड हलमा प्रतियाेगिता हुने भएकाे छ । याे प्रतियाेगिताले युवा पिढीलाइ राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतियाेगिताकाे लागि...

  • २०७८ मङ्सिर १४, मंगलबार

    सातौपटक मेस्सीले जिते बालोन डि ओर उपाधि

    १४ मंसिर, एजेन्सी - अर्जेन्टिना तथा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड लियोनेल मेस्सीले सोमबार कीर्तिमान सातौं पल्ट बालोन डि ओर जितेका छन् । व्यक्तिगत रूपमा उनको खेल जीवन यो वर्ष उतारचढावपूर्ण रह्यो, तर उनले अर्जेन्टिनाका लागि कोपा अमेरिका भने जिते । अर्जेन्टिनी मेसीले यही उपाधिका कारणले आफूले बालोन डि ओर जितेको पनि मानेका छन् । यस वर्षको अवार्ड जित्ने क्रममा मेस्सीले जर्मन...

  • २०७८ कार्तिक २९, सोमबार

    अस्ट्रेलियालाई टी-ट्वान्टी विश्वकप क्रिकेट उपाधि

    न्युजिल्यान्डलाई पराजित गर्दै अस्ट्रेलियाले आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार राति दुबईको अन्तर्राष्ट्रिय रंगशालामा न्युजिल्यान्डमाथि ८ विकेटको जित निकाल्दै अस्ट्रेलियाले पहिलोपल्ट टी-ट्वान्टी विश्वकपको उपाधि हात पारेको हो ।   न्युजिल्याण्डबाट पाएको १ सय ७३ रनको लक्ष्य अस्ट्रेलियाले १८ ओभर पाँच बलमा दुई विकेट गुमाएर पूरा गर्‍यो । अस्ट्रेलियाको जितमा मिचेल मार्सले अविजित...

  • २०७८ कार्तिक १७, बुधबार

    प्रशिक्षक अल्मुताइरीले गरे तीन वर्षे सम्झौतामा हस्ताक्षर

    १7 कात्तिक, काठमाडौं - नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच तीन वर्षे सम्झौता भएको छ ।अब उनी सन् २०२४ सम्म राष्ट्रिय टिमको मुख्य प्रशिक्षक रहनेछन् । साफ च्याम्पियनसिपअघि नेपाल छाडेका प्रशिक्षक गत साता नेपाल फर्किएका थिए । नेपाल फर्किएपछि मंगलबार पत्रकार सम्मेलनकाे आयाेजना गरी उक्त सम्झाैताबारे जानकारी दिइएकाे हाे । पत्रकार सम्मेलनमा...

  • २०७८ कार्तिक ११, बिहिबार

    आज एसियन कपमा नेपाल र ताजिकिस्तान भिड्दै

    काठमाडौं - एएफसी यू–२३ एसियन कप छनोटको दोस्रो खेलमा आज नेपालले ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्ने भएको छ। रिपब्लिकन सेन्ट्रल स्टेडियममा नेपालले घरेलु टिमको सामना गर्नेछ। नेपाल र ताजिकिस्तानबीचको खेल नेपाली समय अनुसार साँँझ ७ः४५ बजे सुरु हुनेछ। नेपालले पहिलो खेल हारेको थियो। समूह बी मा रहेको नेपाल इरानसँग ४–० गोलले पराजित भएको थियो। ताजिकिस्तान भने लगातार दोस्रो जितको खोजीमा रहेको छ। पहिलो खेलमा...

  • २०७८ आश्विन ३१, आइतबार

    भारतले जित्यो साफ च्याम्पियनसिप उपाधि, नेपाल उपविजेतामै सीमित

    १३ औं संस्करणको साफ च्याम्पियनसिपको उपाधि भारतले जितेको छ । नेपालविरुद्ध ३-० को जित हात पार्दै भारतले उपाधि कब्जा गरेपछि नेपाल उपविजेतामै सीमित हुनपुगेकाे छ । भारतको यो आठौं साफ च्याम्पियनसिप उपाधि हो ।  दोस्रो हाफको सुरुआतमा दुई गोल खाएर सम्हालिन नसकेको नेपालले खेल सकिनै लाग्दा तेस्रो गोल खाएको हो ।भारतका सुनिल क्षेत्रीले खेलको ४८ औं मिनेटमा गोल गरेका हुन्  । दोस्रो गोल भने ४९ औं मिनेटमा सुरेश...

Pages