STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

खेलकुद

  • २०७८ श्रावण २३, शनिबार

    मेसीले छाडे बार्सिलोना, पीएसजी जाने सम्भावना

    अर्जेन्टिनी फर्वार्ड लियोनल मेसीले बार्सिलोना छाडेसँगै फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) जाने भएका छन्। स्पेनिस खेलकुद पत्रिका मार्काले क्याटलान क्लब बार्सिलोनाले बिहीबार आर्थिक र संरचनागत अवरोधले मेसीसँग नयाँ सम्झौता हुन नसकेको जानकारी दिएपछि शुक्रबार कतारका अमिरका भाइले अर्जेन्टाइन स्टारले पीएसजीका लागि हस्ताक्षर गर्न लागेको जनाकारी दिएको उल्लेख गरेको छ। अर्जेन्टिनी राष्ट्रिय फुटबल...

  • २०७८ श्रावण २०, बुधबार

    पारस अब फरक भूमिकाबाट क्रिकेटमा जोडिने

    काठमाडौँ - मंगलबार सन्यासको घोषणा गरेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले फरक भूमिकाबाट क्रिकेटमा जोडिने बताएका छन् । बुधबार पत्रकारसँगको भेटघाट कार्यक्रममा क्रिकेटको प्यासन सकियो र चुनौति सामना गर्न क्रिकेटसँग सम्बन्धित भूमिकामा नै फकिर्ने बताएका हुन् । राष्ट्रिय टोलीको कप्तानबाट राजीनामा दिएका क्रिकेटर पारस खड्काले मंगलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरे । उनको...

  • २०७८ श्रावण १९, मंगलबार

    थ्री स्टारको भवनका लागि ललितपुर– १६ वडाबाट २५ लाख दिने

    नेपालको खेलकुद विकासमा अग्रणी संस्था थ्री स्टारक्लबको भवन निर्माणको लागि ललितपुर महानगरपालिका– १६ ले २५ लाख रुपैयाँ विनियोजित गरेको छ । मंगलबार एक कार्यक्रमकाबीच वडाअध्यक्ष निर्मलरत्न शाक्यले क्लबका अध्यक्ष अरुणमान जोशीलाई पहिलो किस्ता स्वरुप हाललाई नौ लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो । मंगलबजारको करिब ७ आना जग्गामा क्लबको भवन बनाउन लागिएको हो ।सो अवसरमा वडाअध्यक्ष शाक्यले मुलुकको खेलकुद...

  • २०७८ श्रावण १९, मंगलबार

    पारस खड्काले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

    काठमाडौं - नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् । पारसले मंगलबार बिहान सामाजिक संजालमा संदेश राख्दै आफूले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरेका हुन् । नेपालका लागि खेल्नु आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि भएको भन्दै खड्काले मैदानभित्रका दुई दशक जीवन रहुन्जेल मिठो यादका रुपमा आफूसँग रहने बताएका छन् । सन् २००४ मा...

  • २०७८ श्रावण १७, आइतबार

    ए डिभिजन लिगको पुरस्कार अब ७५ लाख

    सहिद स्मारक ए डिभिजन लिग विजेता टोलीले ७५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार ए डिभिजन लिगको विजेताले ७५ लाख पाउने जनाएको हो । एन्फाले यस पटक पुरस्कार राशीमा वृद्धि गरेर ७५ लाख पुर्‍याएको हो । अघिल्लो सिजनको लिग विजेताले ५० लाख रुपैयाँ प्राप्त गरेको थियो । नयाँ सिजनको लिग उपविजेताले ५० लाख प्राप्त गर्दा तेस्रोले २५ लाख रुपैयाँ पाउने एन्फाले...

  • २०७८ श्रावण १३, बुधबार

    टोकियो ओलम्पिकमा गौरिका सिंहको राष्ट्रिय कीर्तिमान सुधार

    काठमाडौं - टोकियो ओलम्पिकमा राष्ट्रिय कीर्तिमान सुधार गरेकी नेपाली पौडी खेलाडी गौरिका सिंहले आफ्नो प्रदर्शनमा आफू खुशी रहेको बताएकी छन् । बुधबारको प्रतिस्पर्धामा कीर्तिमान सुधार गरेपछि उनले भनिन्– ‘खुसी लागेको छ । अलिक थकाई पनि लागेको छ । आनन्द भयो। राम्रो स्वीम गर्न सकेकोमा ।’ उनले कुनै समय लक्ष्य विनानै खेलेको बताएकी छिन् । ‘जति सक्दो राम्रो गर्ने भन्ने मेरो प्रयास थियो । यतिमै सक्छु भन्ने थिएन...

  • २०७८ श्रावण १०, आइतबार

    राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षकले राजीनामा दिने

    काठमाडौं - नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले राजीनामा दिने घोषणा गरेका छन् । उनले आईतबार फेसबुकमा एक स्टाटस लेख्दै राजिनामा दिने घोषणा गरेका हुन् । अलमुताइरीले राजीनामा दिने पर्ने कारण अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङ भएको सामाजिक सञ्जालमा लेखेका छन् । उनले आफू राजीनामा दिन जान लागेको र त्यसको कारण नेम्बाङले पछिल्लो तीन...

  • २०७८ श्रावण ८, शुक्रबार

    "ए डिभिजन लिग निर्धारित मितिमै"

    सहिद स्मारक ए डिभिजन लिग असोज पहिलो साताबाट सुरु हुने भएको छ । ए डिभिजनमा रहेका १४ क्लबमध्येका चार क्लबले मंगलबार लिग रोक्न अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ज्ञापन पत्र बुझाएका छन् । तर, अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले चार क्लबको ज्ञापनपत्रले फरक नपर्ने भन्दै निर्धारित समयमा नै लिग सुरु हुने बताएका छन् । ललितपुरका चार क्लबले कोरोना महामारीमा लिग सञ्चालन गर्न कठिन हुने...

  • २०७८ श्रावण ६, बुधबार

    सन् २०३२ को ओलम्पिक अष्ट्रेलियाको ब्रिसबेनमा

    सन् २०३२ को ओलम्पिक खेलकुद अष्ट्रेलियाको ब्रिसबेनमा आयोजना हुने भएको छ । अन्तराष्ट्रिय ओलम्पिक कमिटिले बुधबार २०३२ को ओलम्पिक र पाराओलम्पिक ब्रिसबेनमा गर्ने निर्णय गरेको हो । ब्रिसबेन ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म आयोजना हुनेछ । अष्ट्रेलियामा तेस्रो पटक विश्व खेलकुदको कुम्भमेला ओलम्पिक आयोजना हुन लागेको हो ।

  • २०७८ आषाढ ३०, बुधबार

    टोकियो ओलम्पिकमा २६ सदस्यीय टोली सहभागी हुने

    काठमाडौं - जापानमा हुने टोकियो ओलम्पिकमा नेपालबाट २६ सदस्यीय टोलीले सहभागिता जनाउने भएको छ । नेपाल ओलम्पिक कमिटीले टोकियो ओलम्पिकमा नेपालबाट खेलाडी, प्रशिक्षक र पदाधिकारी गरेर २६ सदस्यीय टोली सहभागी हुने जनाएको हो । टोकियो ओलम्पिकमा नेपालबाट पाँच खेलाडी, ४ प्रशिक्षक र अरु पदाधिकारी रहेका छन् । पौडीबाट गौरिका सिंह, एलेक्जान्डर ग्याडिगाड शाह, एथ्लेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार र...

  • २०७८ आषाढ २८, सोमबार

    इटली युरोकप २०२० विजेता, इङल्यान्ड ट्राइबेकरमा पराजित

    युईएफ युरोकप २०२० काे उपाधि इटलीले उचालेकाे छ । लन्डनको वेम्बलीमा आइतबार मध्यरात सम्पन्न खेलमा घरेलु टिम इङल्यान्डलाई ट्राइबेकरमा ३-२ ले पराजित गरी इटलीले उपाधि उचालेकाे हाे । खेल सुरू भएकाे २ मिनेटमै शकाे गोलमा अग्रता लिए पनि इङल्यान्डले अग्रता जाेगाउन सकेन । ६७ अौं मिनेटमा बाेनुचीले इटलीकाे लागि बराबरी गाेल फर्काएकाे थियाे । अतिरिक्त समयमा पनि गाेल हुन नसकेपछि पेनाल्टी शुटआउटमा खेल पुगेकाे...

  • २०७८ आषाढ २७, आइतबार

    मेस्सी बने कोपा अमेरिका २०२१ को सर्वाधिक गोलकर्ता

    अर्जेन्टिनाको कप्तान लिओनल मेस्सी कोपा अमेरिका फुटबल २०२१ को सर्वाधिक गोलकर्ता बनेका छन् । मेस्सीले कोलम्बियाका लुइस डियाजलाई पछि पार्दै सर्वाधिक गोलकर्ता बनेका हुन् । मेस्सीले प्रतियोगितामा ७ खेल खेल्दै ४ गोल गर्न सफल भए । उनले ५ असिस्ट समेत गरेका थिए । तर, डियाजले ५ खेलमा ४ गोल गरेपनि असिस्ट दिएका थिएनन् । अर्जेन्टिनालाई २८ वर्षपछि आइतबार बिहान सम्पन्न फाइनलमा ब्राजिललाई १–० ले हराउँदै उपाधि...

Pages