STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

खेलकुद

  • २०७८ आषाढ ३, बिहिबार

    युक्रेनले नर्थ म्यासेडोनियालाई हरायो, इटली नकआउट चरणमा

    बिहीबार भएको पहिलो खेलमा युक्रेनले नर्थ म्यासेडोनियालाई हराएको छ । खेलको पूर्ण समयमा युक्रेनले २-१ को जित बनाएको हो । खेलको २९ औं मिनेटमा एन्ड्रिय एर्मोलेन्कोले पहिलो गोल गर्दै युक्रेनलाई अग्रता दिलाएका थिए । रोमन एरेम्चुकले ३४औँ मिनेटमा युक्रेनका लागि दोस्रो गोल गर्दै अग्रतालाई दोब्बर बनाए । दोस्रो हाफको ५७औँ मिनेटमा नर्स म्यासेडोनियाले पेनाल्टीको अवसर पाएको थियो । एग्जन अलिओस्कीले हानेको...

  • २०७८ आषाढ २, बुधबार

    आत्मघाती गोलमा जर्मनीविरुद्ध फ्रान्स विजयी, पोर्चुगलको जितसँगै क्रिस्टियानो राेनाल्डोको रेकर्ड

    युरोकपको समूह एफ अन्तर्गत गए राति भएको अर्को खेलमा फ्रान्सले जर्मनीलाई हराएको छ । जर्मनीको एलिनाज एरिनामा भएको खेलमा आत्मघाती गोल उपहार पाएको फ्रान्सले जर्मनीलाई १–० गोलले हरायो । खेलको २० औं मिनेट जर्मनीका डिफेन्डर म्याट्स हमल्सले गरेको आत्मघाती गोल नै फ्रान्सको जितको लागि पर्याप्त भयो । खेलको ८५ औं मिनेटमा फ्रान्सका केलियन एमबाप्पेको क्रसमा करिम बेन्जिमाले गोल गरे पनि भिडिओ असिस्टेन्ट रेफ्री...

  • २०७८ जेठ ३१, सोमबार

    राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन आह्वान, उत्कृष्टले नगद एक लाख पाउने

    काठमाडौँ - नेपाल क्रिकेट संघ (क्यान) र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एमएसटी)ले राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन गर्न प्रतिस्पर्धा खुल्ला गरेको छ । क्यान र एमएसटीले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै जर्सीको डिजाइनका लागि प्रतिस्पर्धा खुल्ला गरेको जनाएका हुन् । डिजाइन गर्नेले राष्ट्रिय टोलीको जर्सीको अगाडी र पछाडीको भाग दुबैलाई ध्यानमा राखेर डिजाइन...

  • २०७८ जेठ ३१, सोमबार

    युरोकप २०२० - नेदरल्यान्ड, अस्ट्रिया र इंग्ल्यान्ड विजयी

    युरोकप २०२० को समूह चरणका खेलहरु अन्तर्गत आइतबार भएका खेलहरुमा नेदरल्यान्ड, अस्ट्रिया र इ‌ंग्ल्यान्ड विजयी भएका छन् । समूह ‘सी’ अन्तर्गत युक्रेनविरुद्ध नेदरल्यान्डले संघर्षपूर्ण जित हासिल गरेको छ । आइतबार राति भएको खेलमा युक्रेनविरुद्ध नेदरल्यान्ड ३-२ ले विजयी भयो । पहिलो हाफ गोलरहीत बराबरीमा सकिएको खेलमा पाँचै गोल दोस्रो हाफमा भएका थिए । खेलको ५१औँ मिनेटमा नेदरल्यान्डका कप्तान जर्निनियो...

  • २०७८ जेठ ३०, आइतबार

    युरोकप : बेल्जियमको सानदार जित, आज तीन खेल

    युरोकप २०२० समूह ‘बी’ अन्तर्गत शनिबार राति भएको खेलमा बेल्जियमले रसियाबिरुद्ध सानदार जित हात पारेको छ । खेलमा बेल्जियले रसियाविरुद्ध ३-० को फराकिलो जित हासिल गरेको हो । खेलको सुरुआती १० मिनेटमा नै रोमेलु लुकाकुले पहिलो गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए । त्यस्तै, खेलको ३४ औँ मिनेटमा बेल्जियमका थोमस म्युनियरले गोल गर्दै अग्रता दोब्बर पारे । लको ८८ औँ मिनेटमा लुकाकुले बेल्जियमका लागि तेस्रो...

  • २०७८ जेठ ३०, आइतबार

    युरोकप : फिनल्यान्डद्वारा डेनमार्क पराजित

    डेनमार्कका खेलाडीको स्वास्थ्यस्थिति बिग्रिएपछि स्थगित भएर पुनः सुरु भएको खेलमा फिनल्यान्डले १–० गोलअन्तरले डेनमार्कलाई पराजित गरेको छ । मैदानमै बेहोश बनेका डेनमार्कका खेलाडी क्रिस्टिन इरिक्सनको स्वास्थ्य स्थितिमा सुधार देखिएपछि स्थगित खेल पुनः सुरु भएको थियो ।जुन समयबाट  रोकिएको थियो, सोही समयबाटै सुरु भएको खेलमा डेनमार्क हावी देखिए पनि फिनल्यान्डले पाएको अवसरलाई गोलमा परिणत गरी जित सुनिश्चित...

  • २०७८ जेठ ३०, आइतबार

    युरोकप अपडेट : बेहोश खेलाडीको स्वास्थ्य स्थितिमा सुधार, स्थगित फिनल्यान्ड र डेनमार्कबीचको खेल मध्यरातमा हुने

    डेनमार्कका खेलाडी क्रिस्टिन इरिक्सन मैदानमै बेहोश भएपछि स्थगित भएको युरोकप अन्तर्गतको डेनमार्क र फिनल्यान्डबीचको खेल आइतबार मध्यरातमा हुने भएको छ । पुनः सुचारु हुने खेलमा पहिलो हाफको पाँच मिनेट खेल भएपछि केही क्षणको मध्यान्तरपछि दोस्रो हाफको खेल हुने जनाइएको छ ।यसअघि भएको खेलको ३५ औं मिनेटमा डेनमार्कका खेलाडी इरिक्सन मैदानमा बेहोश भएपछि युईएफएले स्वास्थ्य समस्याका कारण जनाउँदै सो खेल स्थगित गरेको...

  • २०७८ जेठ २९, शनिबार

    मैदानमै खेलाडी बेहाेश भएपछि युरो कपअन्तर्गत फिनल्यान्ड र डेनमार्कबीचकाे खेल स्थगित

    युरो कप २०२० अन्तर्गत ‘बी’ ग्रुपको पहिलो खेल डेनमार्क र फिनल्यान्ड बीचको खेल स्थगित भएको छ । खेलको ३५ औं मिनेटमा डेनमार्कका १० नम्बर जर्सीका खेलाडी क्रिस्टन इरिक्सन मैदानमा बेहोश भएपछि सो खेल स्थगित गरिएको हो । यो समाचार तयार पारुन्जेलसम्म उनको स्वास्थ्य अवस्थाबारे जानकारी दिइएको छैन । खेलको ३५ मिनेटसम्म दुवै टिमबाट कुनै पनि गोल हुनसकेको थिएन ।

  • २०७८ जेठ २९, शनिबार

    युरो कप : इटलीले टर्कीलाई हरायो, आज ३ खेल हुँदै

    युरोकप २०२० को पहिलो खेलमा इटालीले सानदार सुरुआत गरेको छ । टर्कीविरुद्ध ३-० को जित निकाल्दै इटालीले युरोकपमा सानदार सुरुआत गरेको हो । शुक्रबार राति भएको खेलको पहिलो हाफ गोलरहीत बराबरीमा टुंगिएको थियो । दोश्रो हाफमा टर्कीका मोरिह डेमिरले आफ्नै पोष्टमा गोल गर्न पुगे । सोही गोलबाट इटालीले टर्कीविरुद्ध अग्रता लियो । खेलको ६५ औँ मिनेटमा इटालीका सेन्टर फरवार्ड सिरो इमबोलेले गोल गर्दै इटालीलाई २-० को...

  • २०७८ जेठ २९, शनिबार

    विश्वकप छनाेट : नेपाल अस्ट्रेलियासँग ३-० ले पराजित

    विश्वकप तथा एसियन कप फुटबल संयुक्त छनोटअन्तर्गत आज अस्ट्रेलियाको सामना गरेको नेपाल ३-० ले पराजित भएको छ । नेपाल पहिलो हाफमा २-० ले पछि परेको थियो । गएराति कुवेतको जाबेर अल अहमद मैदानमा भएको खेलमा १० खेलाडीमा सीमित नेपाललाई अस्ट्रेलियाले ३–० गोलले सहजै हरायो । सुरुदेखि नै अस्ट्रेलियाको दबाबमा रहेको नेपालका रोहित चन्द ४५ औं मिनेटमा रातो कार्ड पाउँदै मैदान बाहिर गएपछि नेपाल १० खेलाडीमा सीमित रहेको...

  • २०७८ जेठ २५, मंगलबार

    जोर्डनसँग नेपाल पराजित, पराजयकाे जिम्मा प्रशिक्षकले लिए

    नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले जोर्डनविरुद्को खेलमा भएको पराजयको जिम्मेवारी आफूले लिने बताएका छन् । उनले खेलाडीलाई पराजयको दोष नदिन पनि आग्रह गरेका छन् । उनले जोर्डनविरुद्धको खेलमा पहिलो हाफमा भएको एउटा गल्तीले फरक नतिजा आएको पनि बताएका छन् । सोमबार विश्वकप छनोट अन्तर्गत जोर्डनविरुद्धको खेलमा नेपाल ३-० ले पराजित भएपछि प्रतिक्रिया दिँदै अलमुताइरीले पहिलो हाफमा भएको...

Pages