STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

साफ च्याम्पियनशिप खेल्ने नेपाली टोलीको घोषणा

Janjati Khabar – Janjati Khabar | २०७८ आश्विन १०, आइतबार

साफ च्याम्पियनशिपका लागि नेपाली टोलीको घोषणा भएको छ ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आगामी शुक्रबारदेखि माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनशिपका लागि किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेका हुन् ।

कतारमा भइरहेको प्रशिक्षणपछि अलमुताइरीले बिकेश कुथु र राजन गुरुङलाई टिम बाहिर राखेका छन् । नेपाली टोलीको रक्षकमा किरण लिम्बु, दीप कार्की र विशाल श्रेष्ठ रहेका छन् ।

यस्तै दिनेश राजवंशी, सुरज ठकुरी, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, नितिन थापा, विशाल राई, सुनिल बल, आशिष लामा, पुजन उपरकोटी, सुमन लामा छन् । 

यस्तै तेज तामाङ, अञ्जन विष्ट, सुजल श्रेष्ठ, सन्तोष तामाङ, नवयुग श्रेष्ठ, आयुष घलान, मनिष डाँगी, कमल थापा र रोहित चन्द समेत टोलीमा समावेश छन् ।

Categorized in खेलकुद