STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

खेलकुद

  • २०७८ आषाढ २७, आइतबार

    मेसीकाे कप्तानीमा अर्जेन्टिनालाई काेपा अमेरिकाको उपाधि

    कोपा अमेरिका २०२१ को उपाधि अर्जेन्टिनाले जितेकाे छ । मसीकाे कप्तानीमा रहेकाे अर्जेन्टिनाले २८ वर्ष पछिकाे उपाधि खडेरी पनि टुंगाएकाे छ । घरेलु मैदानमा ब्राजिललाई १-० गाेल अन्तरले हराएर अर्जेन्टिनाले उपाधि जितेकाे हाे । खेलको पहिलो हाफ सकिँदा घरेलु टिम ब्राजिलविरूद्ध अर्जेन्टिनाले अग्रता लिएको छ।  अर्जेन्टिनाका लागि एन्जल डि मारियाले गोल गरे। उनले खेलको २२ मिनेटमा गोल गरेका हुन्।  डि पाउलले दिएको...

  • २०७८ आषाढ २४, बिहिबार

    इङ्गल्यान्ड युरोकपको फाइनलमा, डेनमार्क पराजित

    इङ्गल्यान्ड युरोकप २०२० को फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा डेनमार्कलाई २-१ गोल अन्तरले पराजित गर्दै इङ्गल्यान्ड युरोकपको फाइनलमा प्रवेश गरेको हो । इङ्गल्यान्डविरुद्ध डेनमार्कले सुरुआति अग्रता बनाएको थियो । त्यसलाई उल्टाउँदै इङ्गल्यान्ड फाइनलमा प्रवेश गरेको हो । खेलको ३०औँ मिनेटमा डेनमार्कका मिकेल डाम्सगार्डले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर, खेलको ३९औँ मिनेटमा डेनमार्कका...

  • २०७८ आषाढ २३, बुधबार

    काेपा अमेरिकाकाे फाइनलमा ब्राजिल र अर्जेन्टिना

    अर्जेन्टिनाले कोपा अमेरिका २०२१ को फाइनलमा ब्राजिलसँगको भेट पक्का गरेको छ । आज बिहान भएको सेमिफाइनलमा कोलम्बियालाई टाइब्रेकरमा हराउँदै लियोनल मेसीप्रेरित अर्जेन्टिनाले उपाधि भिडन्त निश्चित गरेको हो । अर्जेन्टिनालाई फाइनलसम्म पुर्‍याउन गोलकिपर इमिलियानो मार्टिनेज नायक बने । दुवै टिमले निर्धारित अनि अतिरिक्त समयमा १-१ गाेलभन्दा बेसी हान्न नसकेपछि खेल पेनाल्टीमा पुगेकाे थियाे । तर, पेनाल्टीमा...

  • २०७८ आषाढ १९, शनिबार

    युरोकप २०२० : इटाली र स्पेन सेमिफाइनलमा

    इटाली र स्पेन युरोकप २०२० को सेमिफाइनलमा प्रवेश गरेको छ ।  शुक्रबार राति भएको क्वाटरफाइनलमा बेल्जियमलाई पराजित गर्दै इटाली सेमिफाइनलमा प्रवेश गरेको हो । इटालीले बेल्जियमलाई २-१ गोल अन्तरले पराजित गर्‍यो । खेलको ३१औँ मिनेटमा इटालीका निको बरेल्लाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको ४४ मिनेटमा इटालीका लोरेन्जो इन्सिग्नेले गोल गरे । यो गोलसँगै पहिलो हाफमा इटालीले २-० को अग्रता लिएको...

  • २०७८ आषाढ १८, शुक्रबार

    युरोकप : आजबाट क्वाटरफाइनल खेल, आज स्पेन र स्विजरल्यान्ड भिड्दै

    जारी १६औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनल खेल आज शुक्रबारबाट सुरु हुँदैछ । क्वाटरफाइनल अन्तर्गत शुक्रबार हुने पहिलो खेलमा स्विजरल्याण्ड र स्पेन भिड्दै छन् । रसियाको गाजप्रोम एरेनामा हुने स्विजरल्याण्ड र स्पेनबीचको खेल नेपाली समयानुसार राति ९ः४५ बजे सुरु हुनेछ । दुबै टिम जित निकाल्दै अन्तिम चारमा पुग्न चाहन्छन् । स्विजरल्याण्ड नक आउट चरणमा साविक उपविजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित...

  • २०७८ आषाढ १७, बिहिबार

    टोकियो ओलम्पिकमा नेपालबाट ५ खेलाडी सहभागी हुने

    काठमाडौं - यस वर्ष हुने टोकियो ओलम्पिकमा नेपालबाट ५ खेलाडीले खेल्ने भएका छन् । नेपाल ओलम्पिक कमिटि एनओसीका अनुसार नेपालबाट टोकियो ओलम्पिकमा खेल्ने खेलाडीको टुंगोे लागेको हो । पौडीकी गौरिका सिंह र एलेक्स शाह, एथ्लेटिक्सका गोपिचन्द्रब पार्की, सुटिङ्गकी कल्पना परियार र जुडोकी सोनिया भट्टले आसन्न ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्नेछन् । सुटिङकी कल्पना र जुडोकी सोनियाले वाइल्र्ड कार्ड मार्फत...

  • २०७८ आषाढ १६, बुधबार

    युरोकप : प्रि–क्वाटरफाइनल समीकरण पूरा, इंग्ल्यान्ड र युक्रेन विजयी

    काठमाडौं - युरोपका विभिन्न ११ शहरमा चलिरहेको १६ औं संस्करणको युरोकप फुटबलको प्रि–क्वाटरफाइनल समीकरण पूरा भएको छ । गए राति स्विडेन र युक्रेनबीचको खेलसँगै अन्तिम आठमा पुग्ने टोलीको टुंगो लागेको हो । बेल्जियम, इटाली, स्पेन, स्विट्जरल्यान्ड, डेनमार्क, इंग्ल्यान्ड, चेक रिपब्लिक र युक्रेन अन्तिम आठमा पुगेका छन् । साविक विजेता पोर्चुगल, उपविजेता फ्रान्ससहित जर्मनी, नेदरल्यान्ड्स जस्ता उपाधि दाबेदार टिम...

  • २०७८ आषाढ १३, आइतबार

    युरोकप २०२० : इटली र डेनमार्क क्वाटरफाइनल प्रवेश

    अष्ट्रियालाई पराजित गर्दै इटली युरोकप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको दोस्रो प्रिक्वाटरफाइनलमा इटलीले अष्ट्रियालाई २-१ ले पराजित गरेको हो । लण्डनस्थित वेम्वली स्टेडियममा भएको खेलमा इटलीका लागि फेडेरिको चिएसा र माटेओ पेसिनाले गोल गरे । अष्ट्रियाका लागि सासा कलाइसिचले एक गोल फर्काए । इटलीले अब क्वाटरफाइनलमा बेल्जियम र पोर्चुगलबीचको विजेतासँग खेल्नेछ ।   निर्धारित ९०...

  • २०७८ आषाढ ८, मंगलबार

    युरोकप २०२० : नकआउट चरणमा डेनमार्क, अस्ट्रिया र नेदरल्यान्डस्

    युरोकप २०२० को समूह ‘बी’मा रहेको डेनमार्कले यसअघि दुई खेलमा हार व्यहोर्नु परेको थियो । दुई खेल हारेको डेनमार्क समूह चरणबाटै घर फर्कन सक्ने कतिपयको अनुमान थियो । तर, सोमबार राति भएको खेलमा रसियाविरुद्ध सानदार जित निकाल्दै डेनमार्क नकआउट चरणमा प्रवेश गरेको छ । डेनमार्कले रसियालाई ४-१ को अन्तरले हराएको हो । खेलको ३८औँ मिनेटमा मिक्केल डम्सगार्डले गोल गर्दै डेनमार्कलाई अग्रता दिलाए । दोस्रो हाफको ५९औँ...

  • २०७८ आषाढ ५, शनिबार

    इङ्ल्यान्ड र स्कटल्यान्डले अंक बाँडे

    युरोकप २०२० अन्तर्गत शुक्रबार राति भएको खेलमा इङ्ल्यान्ड र स्कटल्यान्डले अंक बाडेका छन् । खेल बराबरीमा सकिएपछि दुबै टिमले १-१ अंक बाडेका हुन् । खेलमा इङ्ल्यान्डले बललाई आफ्नो नियन्त्रणमा राख्न सफल भए पनि कुनै गोल गर्न सकेन । तर, स्कटल्यान्डले भने गोलका लागि केही प्रहार गरेको थियो । तर, स्कटल्यान्डका कुनै पनि प्रहारले जाली चुम्न भने सकेन । स्कटल्यान्डसँग बराबरी खेलेको इङ्ल्यान्डले हासम्म ४ अंक...

  • २०७८ आषाढ ४, शुक्रबार

    नेदरल्यान्ड्स नकआउट चरणमा

    युरोकप २०२० अन्तर्गत बिहीबार राति भएको खेलमा नेदरल्यान्डले अस्ट्रियालाई पराजित गरेको छ । नेदरल्यान्ड्सले अस्ट्रियालाई २-० गोलअन्तरले पराजित गरेको हो । खेलको ११औँ मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै नेदरल्यान्डले अग्रता बनाएको थियो । नेदरल्यान्ड्सका लागि मेम्फिस डिपेले पेनाल्टीमार्फत पहिलो गोल गरेका थिए । खेलको ६७औँ मिनेटमा डेन्जल डुम्फ्रिजले नेदरल्यान्ड्सका लागि दोस्रो गोल गरे । बल पोजिसन...

Pages