STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सातौपटक मेस्सीले जिते बालोन डि ओर उपाधि

Janjati Khabar – एजेन्सी | २०७८ मङ्सिर १४, मंगलबार

१४ मंसिर, एजेन्सी - अर्जेन्टिना तथा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड लियोनेल मेस्सीले सोमबार कीर्तिमान सातौं पल्ट बालोन डि ओर जितेका छन् ।

व्यक्तिगत रूपमा उनको खेल जीवन यो वर्ष उतारचढावपूर्ण रह्यो, तर उनले अर्जेन्टिनाका लागि कोपा अमेरिका भने जिते । अर्जेन्टिनी मेसीले यही उपाधिका कारणले आफूले बालोन डि ओर जितेको पनि मानेका छन् ।

यस वर्षको अवार्ड जित्ने क्रममा मेस्सीले जर्मन क्लब बायर्न म्युनिखका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्की र जर्गिन्होलाई पछि पारे । मेस्सीले ६१३ अंक प्राप्त गरे । लेवान्डोस्कीले ५८० तथा जर्गिन्होले ४६० अंक प्राप्त गरेका थिए ।

करिम बेन्जेमा, एङ्गोलो कान्टे, क्रिस्टियानो रोनाल्डो, मोहम्मद सलाह, केभिन डि ब्रुएन, केलियन एमबाप्पे र जियानलुइजी डोन्नररुम्मा शीर्ष १० मा रहे । रोनाल्डो छैटौ स्थानमा रहे ।

पोर्चुगल तथा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका रोनाल्डो सन् २०१० पछि शीर्ष तीनबाट बाहिर रहेको हो । उनी हरेक सिजनमा दावेदारको रुपमा रहँदा शीर्ष तीनमा पर्दै आएको थियो ।

उनी सर्वाधिक १७ पटक मनोनयनमा परेका छन् । मेस्सीको यो सातौ बालोन डि ओर अवार्ड हो । मेस्सीभन्दा पछि रोनाल्डोले पाँचपटक यो अवार्ड जितेका छन् ।

महिलातर्फ भने स्पेनकी एलेक्सिया पुटेलासले बालोन डि ओर अवार्ड जितिन् । अहिले ३४ वर्ष पुगिसकेका मेसीले यो अवार्ड जित्ने क्रममा रोबर्ट लेवनडोस्की र करिम बेम्जेमालाई उछिनेका हुन् ।

अवार्ड कार्यक्रम पेरिसमा आयोजना गरिएको थियो र संयोगले अहिले उनी पेरिसकै क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट खेल्छन् । अगस्टमै मात्र उनी बार्सिलोना छाडेर पीएसजी आएका हुन् ।

उनको नेतृत्वमा यसपल्ट अर्जेन्टिनाले कोपा अमेरिका जितेको थियो र यो अर्जेन्टिनाले सन् १९९३ यता जितेको पहिलो ठूलो उपाधि हो । अवार्ड थापेपछि मेसीले भने, ‘मलाई लागेको थियो, अब यो अवार्ड जितिने छैन्, तर फेरि जितेकोमा खुसी छुं ।’

उनले यो अवार्ड सन् २००९, २०१०, २०११, २०१२, २०१५ र २०१९ मा पनि जितेका थिए ।

Categorized in खेलकुद