STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

ज्ञानेन्द्र मल्लसहितका चार खेलाडीमाथि कारबाही, सन्दीप लामिछाने नयाँ कप्तान

Janjati Khabar – Janjati Khabar | २०७८ पौष १, बिहिबार

मंसिर २९ - नेपाल राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी सन्दीप लामिछानेले पाएका छन् । कप्तान ज्ञानेन्द्र मल्लसहितका चार खेलाडीलाई कारबारी गर्दै नेपाल क्रिकेट संघले लामिछानेलाई कप्तानको जिम्मेवारी दिएको हो ।

क्यानले कप्तान मल्ल तथा उपकप्तान दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरी लगायत चार खेलाडीलाई कारबाही गरेको हो । बुधबार बसेको क्यानको बोर्ड बैठकले कप्तान र उपकप्तानलाई पदमुक्त गर्ने निर्णय गरेको हो ।

'नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट ज्ञानेन्द्र मल्ल र उपकप्तानबाट दीपेन्द्र सिंह ऐरीलाई पदमुक्त गर्ने निर्णय गरिएको छ,' क्यानले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

क्यानले कारबाहीमा परेका चार जना खेलाडी सन् २०२२ को सेन्ट्रल कन्ट्र्याक्टमा सुरुको ६ महिनाको लागि सहभागी नगराउने निर्णय पनि गरेको छ ।

Categorized in खेलकुद