STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

साफ च्याम्पियनसिपको उपविजेता टोली नगदसहित सम्मानित

Janjati Khabar – Janjati Khabar | २०७८ पौष ७, बुधबार

६ पुस, काठमाडौं - सरकारले साफ च्याम्पियनसिपको उपविजेता नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीलाई सरकारले नगदसहित सम्मान गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा टोलीका २३ खेलाडीलाई जनही ५ लाख र ३ प्रशिक्षकलाई जनही ३ लाख रुपैयाँ हस्तान्तरण गरे ।

माल्दिभ्समा असोजमा सम्पन्न साफ च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग ३–० ले पराजित भएको थियो । नेपालले साफ च्याम्पियनसिपमा पहिलो पटक फाइनल खेलेको हो । सम्मानपछि प्रधानमन्त्री देउवाले राज्यले खेल क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताए ।

दक्षिण एसियाली राष्ट्रको सबैभन्दा प्रतिष्ठित फुटबल च्याम्पियनसिपको ३ दशक लामो इतिहासमा हालसम्म ५ पटकसम्म सेमिफाइनल र एक पटक फाइनल पुगेको छ ।

Categorized in खेलकुद