STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

दाेस्राे बागमति प्रदेशस्तरीय जुनियर आमन्त्रण मेयर कप तेक्वान्दाे

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ मङ्सिर २९, बुधबार

जैशिदेवल युथ क्लबकाे आयाेजनामा पुष ३ देखि ५ गते सम्म दाेस्राे प्रदेशस्तरीय जुनियर आमन्त्रण मेयर कप तेक्वान्दाे प्रतियाेगिता २०७८ हुने भएकाे छ । 

महिला हिंसा र युवा दुर्व्यसनीकाे विरूद्धमा युवापिढीलाइ खेलकूदमा संलग्न गराउने उद्देश्यले  शनिबारदेखि काठमाडाैंकाे दशरथ रंगशाला कभर्ड हलमा प्रतियाेगिता हुने भएकाे छ । याे प्रतियाेगिताले युवा पिढीलाइ राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतियाेगिताकाे लागि सिढिकाे रूपमा मद्दत हुने आयाेजनक क्बलले जनाएकाे छ । 

बागमति प्रदेशका भित्रका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरी १८ वटा टीम र आयाेजककाे २ टीम गरी जम्मा २० वटा टीमले यस प्रतियाेगितामा भाग लिने आज आयाेजित प्रत्रकार सम्मेलनमा क्लबका अध्यक्ष राजेश प्रजापतिले बताउनुभयाे । प्रत्येक टिमबाट २०-२० खेलाडी रहेने गरी प्रतियाेगितामा कूल ४ सय खेलाडी सहभागही हुनेछन् । 

सम्पूर्ण खेलाडीलाइ ब्रेकफास्ट र लञ्च, खेलाडी र प्रशिक्षकहरूलाइ टिसर्ट र सम्पूर्ण निर्णायक तथा कार्यक्रमका अतिथिहरूलाइ ज्याकेटकाे समेत व्यवस्था हुने उक्त प्रतियाेगिताकाे कुल पुरस्कार राशि २ लाख ४ हजार रूपियाँ रहेकाे छ । 

यस प्रतियाेगिताकाे प्रमुख प्रायाेजक काठमाडाैं महानगरपालिका रहेकाे छ । काठमाडाैं महानगरपालिकाबाट प्राप्त ४ लाख र अन्य निकायबाट प्राप्त भएकाे ८ लाख गरी कूल १२ लाख रकम संकलन भएकाे जानकारी प्रेस विज्ञप्तीमार्फत जानकारी दिएका छन् ।

Categorized in खेलकुद