STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

जर्मनी बन्यो आगामी विश्वकपमा छनोट हुने पहिलो टोली

Janjati Khabar – एजेन्सी | २०७८ आश्विन २६, मंगलबार

आगामी वर्ष कतारले आयोजना गर्ने फिफा विश्वकप फुटबलका लागि छनोट हुने जर्मनी पहिलो टिम बनेको छ ।

विश्वकपको युरोपियन छनोट अन्तर्गत सोमबार राति नर्थ म्यासेडोनियालाई ४–० गोल अन्तरले पराजित गर्दै जर्मनी दुई खेल अगावै विश्वकपका लागि छनोट भएको हो ।

जर्मनीको जितमा टिमो वेर्नरले दुई तथा काइ हाभर्ट्ज र जमाल मुसियालाले एक–एक गोल गरे ।

समूह जे मा रहेको जर्मनी ८ खेलमा २१ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । चारपटकको विश्वविजेता जर्मनी २० औं पटक विश्वकपमा स्थान बनाउन सफल भएको हो । 

अब जर्मनीले लिचेस्टाईन र अर्मेनियासँग खेल्नेछ ।

Categorized in खेलकुद