STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

प्रशिक्षक अल्मुताइरीले गरे तीन वर्षे सम्झौतामा हस्ताक्षर

Janjati Khabar – Janjati Khabar | २०७८ कार्तिक १७, बुधबार

१7 कात्तिक, काठमाडौं - नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच तीन वर्षे सम्झौता भएको छ ।अब उनी सन् २०२४ सम्म राष्ट्रिय टिमको मुख्य प्रशिक्षक रहनेछन् ।

साफ च्याम्पियनसिपअघि नेपाल छाडेका प्रशिक्षक गत साता नेपाल फर्किएका थिए । नेपाल फर्किएपछि मंगलबार पत्रकार सम्मेलनकाे आयाेजना गरी उक्त सम्झाैताबारे जानकारी दिइएकाे हाे । पत्रकार सम्मेलनमा मंगलबार नेपाली राष्ट्रिय फुटबल टोलीका टिम व्यवस्थापक मधुसुदन उपाध्यायले नेपालको जर्सीसहित उनीसँग २०२४ सम्मका लागि सम्झौता भएको जानकारी दिए ।

नेपाली राष्ट्रिय टोलीसँगको नयाँ सम्झैतापछि आफू खुसी भएको बताउँदै अब्दुल्लाहले आफ्नो कार्ययोजना समेत पत्रकार सम्मलेनमार्फत पेस गरेका छन् ।

Categorized in खेलकुद