STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

खेलकुद

  • २०७८ भाद्र १५, मंगलबार

    नेपाल र पिएनजीबीचको खेलको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्सबाट

    काठमाडौं - नेपाल र पपुवा न्युगिनीबीचको दुई ओडिआई खेलको एक्सन स्पोर्ट्सले प्रत्यक्ष प्रसारण  गर्ने भएको छ । प्रत्यक्ष प्रसारणका लागि नेपाल क्रिकेट संघ (क्यान) र डिश मिडिया नेटवर्क प्रा.ली बीच मंगलबार सम्झौता भएको छ । क्यानका कोषाअध्यक्ष रोशन कुमार सिंह र डिश मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदीप आचार्यले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। एक्सन स्पोर्ट्सले महिला प्रधानमन्त्री कप, प्रधानमन्त्री...

  • २०७८ भाद्र १३, आइतबार

    नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षकले दिए राजीनामा

    नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले राजीनामा दिएका छन् । उनले ओमानमा जारी विश्व क्रिकेट लिग - २ पछि लागू हुनेगरी उनले राजीनामा दिएको बताइएको छ । भारतीय समाचार संस्था टाइम्स नाउ न्यूजले ह्वाटमोरको राजीनामा पत्र आफूसँग रहेको दाबी गरेको छ । ह्वाटमोरले महामारीका समयमा परिवारलाई समय दिन नसकेकाले यस्तो कठिन निर्णय गरेको राजीनामा दिएको पत्रमा उल्लेख  गरेको सो सञ्चार माध्यमले...

  • २०७८ भाद्र ९, बुधबार

    प्रशिक्षक अल्मुताइरीले लेखे- आई एम आउट

    नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामा दिने संकेत गरेका छन् । राष्ट्रिय खेलकुद परिषद्ले बनाएको छानबिन समितिले एन्फासँग गरेको सम्झौता अनुसार मात्र काम गर्नुपर्ने र विवाद सिर्जना हुने खालका कुनै पनि गतिविधि नगर्न सचेत गराउने सिफारिस गरेपछि अल्मुताइरीले राजीनामा दिने संकेत गरेका हुन् । राजीनामा दिने संकेत गर्दै उनले फेसबुकमा लेखेका छन्- आई एम आउट, लेट...

  • २०७८ भाद्र ६, आइतबार

    विश्वकप क्रिकेट लिग टू का लागि नेपाली टोलीको घोषणा

    काठमाडौं - आइसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत नेपाल, अमेरीका र ओमानबीच ओमानमा हुने त्रिकोणात्मक सिरिज र पपुवा न्युगिनी (पिएनजी) सँग हुने दुई एक दिवसीय सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले आज १७ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ । ज्ञानेन्द्र मल्लको कप्तानीमा सिरिज भ्रमण गर्न लागेको टोलीमा तीब्र गतिका बलर गुल्सन झा पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् । मेयर्स कप...

  • २०७८ भाद्र ६, आइतबार

    अब अन्तर वडा भलिबल प्रतियोगिता सुरु : इन्द्रायणी परिवार क्लब अध्यक्ष मीमकुमार महर्जन

    दोस्रो किपू मेयर कप ब्याडमिन्टन प्रतियोगिता सम्पन्न कीर्तिपुर २ वडा देवढोकास्थित इन्द्रायणी परिवार क्लबको आयोजनामा तथा कीर्तिपुर नगरपालिकाको सहकार्यमा एवं किपू नपा २ वडा कार्यालय, कीर्तिपुर ब्याडमिन्टन क्लब र देवढोका ब्याडमिन्टन ग्रुपको सहयोगमा भएको दोस्रो किपू मेयर कप खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०७८ भाद्र ५ गते शनिबार सम्पन्न भएको छ । शनिबार बिहान फाइनल खेल भएको थियो । फाइनल खेलमा फ्रेस...

  • २०७८ श्रावण ३१, आइतबार

    गर्ड मुलरको निधन

    जर्मनीका लिजेन्ड फुटबलर गर्ड मुलरको निधन भएको छ । मुलरको ७५ वर्षको उमेरमा आइतबार निधन भएको जर्मन क्लब बायर्न म्युनिखले जनाएको छ । जर्मनीको राष्ट्रिय फुटबल टोलीबाट ६२ खेल खेलेका मुलरले ६८ गोल गरेका थिए । मुलरले सन् १९७४ को विश्वकप फुटबलको फाइनलमा होल्याण्डविरुद्ध जर्मनीका लागि विजयी गोल पनि गरेका थिए । १५ वर्ष बायर्न म्युनिखबाट क्लब फुटबल खेलेका मुलरले ४२७ खेलमा कीर्तिमानी ३६५ गोल गरेका थिए ।...

  • २०७८ श्रावण ३१, आइतबार

    कीर्तिमानी धावक मानन्धरलाई ‘लाइफ टाइम एचिभमेन्ट’ अवार्ड

    दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत म्याराथनका कीर्तिमानी धावक बैकुण्ठ मानन्धर ‘लाइफ टाइम एचिभमेन्ट’ अवार्डबाट शनिबार सम्मानित भएका छन् । डा. खगेन्द्र स्पोर्ट्स फाउन्डेसनले मानन्धरलाई नेपाली खेलकुदमा पुर्‍याएको योगदानको कदर गर्दै ‘लाइफ टाइम एचिभमेन्ट’ अवार्डबाट सम्मान गरेको हो । सागको लगातार तीन संस्करणमा स्वर्ण जित्ने मानन्धर पहिलो नेपाली खेलाडी हुन् । उनले सुरुका तीन संस्करणको म्याराथनमा...

  • २०७८ श्रावण २९, शुक्रबार

    फिफा वरियतामा नेपालको तीन स्थान सुधार

    काठमाडाैँ - फिफा वरियतामा नेपालले तीन स्थान सुधार गरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासङ्घ (फिफा)ले बिहीबार सार्वजनिक गरेको पुरुष फुटबलको नयाँ वरियतामा नेपालले तीन स्थान सुधार गर्दै १६८ औँ स्थानमा उक्लिएको हो । यसअघि नेपाल १७१ औँ स्थानमा रहेको थियो । नेपाल दक्षिण एशियाली राष्ट्रको वरियतामा तेस्रो स्थानमा छ । गत मे महिनाको अन्तिममा पछिल्लो पटक फिफाको वरियता सार्वजनिक हुँदा...

  • २०७८ श्रावण २७, बुधबार

    मेस्सीको पिएसजीबाट नयाँ यात्रा

    अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट आफ्नो नयाँ यात्रा सुरु गरेका छन्। मेस्सीले मंगलबार पिएसजीसँग औपचारिक रुपमा सम्झौता गरे । झन्डै २ दशक बार्सिलोनामा बिताएका मेस्सीले गत साता क्याटलान क्लब छोड्ने घोषणा गरेका थिए । मेस्सी पेरिसमा आउँदा हजारौं समर्थकको भिडले उनलाई नयाँ क्लबमा स्वागत गरेको थियो । मेस्सीको आगमनसँगै पेरिसको ट्राफिक व्यवस्था मिलाउन नै...

  • २०७८ श्रावण २५, सोमबार

    टोकियो ओलम्पिकको भव्य समापन

    तीन वर्षपछि फ्रान्सको पेरिसमा भेट्ने वाचासहित टोकियो ओलम्पिक २०२० को भव्य समापन गरिएको छ । कोरोना महामारीको त्रासका बीच जुलाई २३ मा सुरु भएको ३२ औं संस्करणको गृष्मकालीन ओलम्पिक आइतबार सफलतापूर्वक सम्पन्न भएको हो । जापानको राजधानी टोकियोमा आयोजित एक भव्य कार्यक्रमका बीच टोकियो ओलम्पिक २०२० को समापन गरिएको हो । कोरोना महामारीको बावजुद पनि आयोजक जापानले विश्व खेलकुदको कुम्भमेलालाई राम्रोसंग आयोजना...

  • २०७८ श्रावण २५, सोमबार

    पारसको ७७ नम्बर जर्सी अरु खेलाडीले प्रयोग गर्न नपाउने

    काठमाडाैँ - गत मङ्गलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका नेपाली टोलीका पूर्वकप्तान पारस खड्काले ७७ नंको जर्सी प्रयोग गर्दै आएका थिए। क्रिकेटबाट सन्यास लिएको अवस्थामा उनले प्रयोग गर्ने गरेको उक्त नंको जर्सी अब कुनै पनि नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीले प्रयोग गर्न पाउने भने छैनन् । खड्काले प्रयोग गर्दै आएको ७७ नंको जर्सी राष्ट्रिय क्रिकेट टोलीका अन्य खेलाडीलाई प्रयोग गर्न नदिइने भएको...

  • २०७८ श्रावण २३, शनिबार

    भारतलाई टाेकियाे ओलम्पिकमा पहिलो स्वर्ण

    टोकियो ओलम्पिक २०२० अन्तर्गत एथ्लेटिक्सको ज्याभलिन थ्रोमा निरज कुमारले भारतलाई पहिलो स्वर्ण दिलाएका छन् । शनिबार निरजले ८७।५८ मिटरको प्रदर्शनसहित स्वर्ण पदक जितेका हुन् । प्रतियोगिताको स्वर्ण पदक दावेदार मानिएका जर्मनीका जोहानेस भेटरले फाइनलमा समेत स्थान बनाउन नसक्दा निरजको स्वर्ण पदकको सम्भावना बलियो बनेको थियो । चेक रिपब्लिकका दुई खेलाडीले निरजलाई पछ्याएपनि पछि पार्न सकेनन् । चेकका याकुब...

Pages