STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

साफ च्याम्पियनशिपः नेपाल र भारत भिड्ने

Janjati Khabar | २०७८ चैत्र ७, सोमबार


भारतमा जारी साफ यू–१८ महिला च्याम्पियनशिप फुटबल प्रतियोगितामा नेपालले आज आयोजक भारतको सामना गर्दैछ ।

    नेपाल र भारतबीचको खेल भारतको जमसेदपुरमा बेलुका ७ः१५ बजे सुरु हुनेछ । आज भारतलाई पराजित गर्दै नेपाल पहिलो जीतको खोजीमा हुनेछ । तर उपाधि दाबेदार भारतविरुद्ध जीत निकाल्न नेपाललाई त्यति सहज भने छैन ।

डबल राउण्ड रोबिनको आधारमा जारी च्याम्पियनशिपको पहिलो भेटमा भारतले नेपाललाई ७–० गोलअन्तरले पराजित गरेको थियो । नेपाल, भारत र बङ्गलादेशको सहभागिता रहेको उक्त च्याम्पियनशिपमा नेपालले अङ्क जोड्न सकेको छैन ।

    दुई खेलमा अङ्कविहीन रहेको नेपाल अङ्क तालिकाको अन्तिम स्थानमा छ । नेपाल पहिलो खेलमा भारतसँग पराजित भएको थियो भने दोस्रो खेलमा बङ्गलादेशसँग ४–२ गोलअन्तरले  पराजित भएको थियो ।

    त्यस्तै यसअघि दुई खेल खेलेको भारतले दुवै खेलमा जीत हात पार्दै ६ अङ्क जोडेको छ । भारत अङ्क तालिकाको शीर्षस्थानमा रहेको छ । समान दुई खेल नै खेलेको बङ्गलादेशको ३ अङ्क  छ । बङ्गलादेश दोस्रो स्थानमा छ । च्याम्पियनशिपमा शीर्षस्थान हासिल गर्ने टोलीले उपाधि जित्नेछ ।

Categorized in खेलकुद