STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

पीएनजीविरुद्ध मैदानमा उत्रिँदै नेपाल

Janjati Khabar – Janjati Khabar | २०७८ चैत्र १२, शनिबार

काठमाडाैं - नेपालले दोस्रो तथा अन्तिम एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा आज पाहुना टोली पपुवा न्युगिनी (पीएनजी)विरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

टियु क्रिकेट मैदानमा नेपाल र पीएनजीबीचको खेल बिहान ९ः३० बजे सुरु हुनेछ ।

नेपाल आज पीएनजीलाई हराउँदै सिरिज बराबरी गर्ने लक्ष्यसहित मैदात्र उत्रिनेछ । पीएनजी भने नेपाललाई हराएर सिरिज कब्जा गर्न चाहन्छ ।

शुक्रबार भएको पहिलो खेलमा नेपाल ६ रनले पराजित भएको थियो । पहिलो खेल गुमाएका कारण नेपाललाई सिरिज जोगाउन आज जित्नैपर्ने दबाब छ ।

Categorized in खेलकुद