STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

यूएईसँग पराजित भएपछि नेपाल छनोट हुन सकेन

Janjati Khabar – Janjati Khabar | २०७८ फाल्गुण १०, मंगलबार

फागुन १०, काठमाडौं - २०२२ को अन्तिममा अष्ट्रेलियामा आयोजना हुने टी–२० विश्वकप क्रिकेटमा नेपाल छनोट हुन सकेन ।

ओमानमा जारी ग्लोबल छनोटको सेमिफाइनलमा यूएईसँग पराजित भएपछि नेपालको विश्वकप सपना टुटेको हो ।

जारी छनोट प्रतियोगिताको समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको नेपाल सेमिफाइनलमा सबै डिपार्टमेन्टमा कमजोर देखियो । जितसँगै यूएई विश्वकपमा छनोट भएको छ ।

नेपालले टस हारेर पहिला बलिङको निम्तो पाएको थियो । बलिङमा निकै फितलो प्रर्दशन गरेको नेपालले १७६ रनको लक्ष्य पायो । जवाफी ब्याटिङमा उत्रेको नेपालले सुरुदेखि नै विकेट गुमायो । खेलको पहिलो ओभरमै विकेट गुमाएको नेपालले लगातार विकेट गुमायो ।

नेपाल १०७ रनमा अलआउट हुँदै ६८ रनले पराजित भयो । नेपालका लागि दिपेन्द्रसिंह ऐरीले ३८ बलमा ३८ रन बनाए भने ज्ञानेन्द्र मल्लले १६ बलमा २० रन बनाए । आरिफ शेखले ११ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा स्कोर गर्न सकेनन् । नेपालका दुई जना ब्याटर शून्यमा आउट भएका थिए । आसिफ शेख र लोकेश बम शून्यमा आउट भए भने विवेक यादव ८, सन्दीप लामिछाने ४ र कुशल भुर्तेल ७ रनमा आउट भए ।

यसअघि यूएईका मोहम्मद वसिमले ७० र भी अरविन्दले ४६ रन बनाएका थिए । नेपालका अभिनाष बोहोराले ३ विकेट लिँदा ४६ रन दिए भने जितेन्द्र मुखियाले ३ विकेट लिँदा ३५ रन दिए । यस्तै सन्दीप लामिछानेले १ विकेट लिए । विकेटविहीन बनेका कमलसिंह ऐरीले ३्र० रन बनाए ।

उता अर्को सेमिफाइनलमा आयरल्याण्ड विजयी हुँदै विश्वकपमा छनोट भएको छ । ओमान पराजित भयो । अब तेस्रो स्थानका लागि नेपाल र ओमानबीच खेल हुनेछ ।

Categorized in खेलकुद