STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

पूर्वकप्तान खड्काको शैक्षिक प्रमाणपत्र नक्कली ठहर

Janjati Khabar – Janjati Khabar | २०७८ फाल्गुण ५, बिहिबार

काठमाडौं : विशेष अदालतले नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा नेपाली फुटबल टोलीका पूर्वकप्तान हरि खड्कालाई दोषी ठहर गरेको छ । बिहीबार न्यायाधीशद्धय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको संयुक्त इजलासले खड्कालाई दोषी ठहर गर्दै पाँच हजार जरिवाना सुनाएको हो ।

विशेष अदालतका प्रवक्ता दिपेन्द्रनाथ योगीले खड्काको शैक्षिक प्रमाणपत्र नक्कली देखिएकाले दोषी ठहर भएको बताए । उनले अन्नपूर्णसँग भने, ‘खड्काको शैक्षिक प्रमाणपत्र अयोग्य रहेको अदालतले ठहर गर्‍यो । विशेष अदालतले उहाँलाई पाँच हजार जरिवाना सुनाएको छ ।’

नक्कली प्रमाणपत्र बुझाएर प्रहरीमा भर्ना भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा मुद्दा दायर गरेको थियो । प्रहरीमा सईसम्म भएका खड्काले प्रमाणपत्रमा प्रश्न उठेपछि त्यतिबेलै राजीनामा दिएका थिए ।

Categorized in खेलकुद