STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

टी–२० विश्वकप ग्लोबल छनोटमा आज नेपाल र फिलिपिन्स आमने सामने

Janjati Khabar – Janjati Khabar | २०७८ फाल्गुण ७, शनिबार

फागुन ७, काठमाडौं - नेपालले आईसीसी टी–२० विश्वकप ग्लोबल छनोट ए अन्तर्गत आज फिलिपिन्सको सामना गर्दैछ । ओमानको अल अमेरात क्रिकेट मैदानमा नेपाल र फिलिपिन्सबीचको खेल बिहान ११ः४५ बजे सुरु हुनेछ ।

नेपाल आज फिलिपिन्सलाई हराउँदै छनोटमा लगातार दोस्रो जित निकाल्न चाहन्छ भने फिलिपिन्स पहिलो जितको खोजीमा छ । नेपालले फिलिपिन्ससँग पहिलोपटक टी–२० क्रिकेट खेल्न लागेको हो ।

शुक्रबार भएको पहिलो खेलमा नेपालले घरेलु टोली ओमानमाथि ३९ रनको शानदार जित निकालेको थियो ।  फिलिपिन्स भने क्यानडासँग ११८ रनले पराजित भएको थियो ।

ग्लोबल छनोटका लागि ८ टिमबीच प्रतिस्पर्धा भइरहेको छ । ८ टिमलाई पनि दुई समूहमा विभाजन गरिएको छ । समूह चरणको अन्तिम खेल नेपालले सोमबार क्यानडासँग खेल्नेछ ।

फिलिपिन्ससँगकाे आजको खेल जितेमा नेपाल सेमिफाइलमा लगभग पुग्नेछ । एक समूहबाट शीर्ष दुई टिम सेमिफाइल पुग्नेछन् । सेमिफाइनलमा जित हात पारे नेपाल २०२२ को अन्तिममा अष्ट्रेलियामा हुने टी–२० विश्वकपका लागि छनोट हुनेछ ।

Categorized in खेलकुद