STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

खेलकुद

  • २०७८ आश्विन २८, बिहिबार

    साफ च्याम्पियनसिप : उपाधिका लागि नेपाल र भारत भिड्ने

    माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको उपाधिका लागि नेपालले भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ ।   बुधबार बंगलादेशसँग १-१ को बराबरी खेल्दै नेपाल फाइनल प्रवेश गरेको थियो । बुधार राति नै भएको खेलमा माल्दिभ्सलाई ३-१ ले पराजित गर्दै भारतले नेपालसँगको उपाधि भिडन्त पक्का गरेको हो ।  भारतका लागि कप्तान सुनिल क्षेत्रीले दुई गोल गरे । खेलको २३औँ मिनेटमा मनवीर सिंहले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए । तर...

  • २०७८ आश्विन २६, मंगलबार

    जर्मनी बन्यो आगामी विश्वकपमा छनोट हुने पहिलो टोली

    आगामी वर्ष कतारले आयोजना गर्ने फिफा विश्वकप फुटबलका लागि छनोट हुने जर्मनी पहिलो टिम बनेको छ । विश्वकपको युरोपियन छनोट अन्तर्गत सोमबार राति नर्थ म्यासेडोनियालाई ४–० गोल अन्तरले पराजित गर्दै जर्मनी दुई खेल अगावै विश्वकपका लागि छनोट भएको हो । जर्मनीको जितमा टिमो वेर्नरले दुई तथा काइ हाभर्ट्ज र जमाल मुसियालाले एक–एक गोल गरे । समूह जे मा रहेको जर्मनी ८ खेलमा २१ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।...

  • २०७८ आश्विन २४, आइतबार

    साफ च्याम्पियनसिप : नेपाल १-० गोल अन्तरले भारतसँग पराजित

    साफ च्याम्पियनसिप अन्तर्गत भारतविरुद्धको खेल नेपालले हारेको छ । खेलमा नेपाल १-० गोल अन्तरले पराजित भएको हो ।  खेलको ८२ औ‌ं मिनेटमा भारतीय कप्तान सुनिल क्षेत्रीले गरेको गोल नै निर्णायक बन्यो ।  यसअघि खेलको ८० मिनेटसम्म रक्षात्मक रणनीति अनुसार खेलेको नेपालले पछिल्लो १० मिनेट आक्रामक खेल खेल्यो । तर यो समयमा बनाएको केही मौका सदुपयोग गर्न नसक्दा नेपाल पराजित बनेको हो ।   साफ च्याम्पियनसिपमा दुई खेलमा...

  • २०७८ आश्विन २४, आइतबार

    भारतलाई पराजित गरी सपना साकार पार्नेछौं : कप्तान चेम्जोङ

    काठमाडौं - नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङले साफ च्याम्पियनसिप प्रतियोगिताअन्तर्गत भोलि भारतलाई पराजित गरेर नेपाली दर्शकको सपना साकार पार्ने बताएका छन् । शनिबार माल्दिभ्सकाे नेसनल स्टेडियमा आयोजित प्रि म्याच कन्फ्रेन्समा बोल्दै उनले भोलि हुन गइरहेको भारतविरुद्धको खेल अति महत्वपूर्ण रहेको र खेल जितेर नेपाली दर्शकको सपना साकार पार्ने बताए । उनले भने, ‘सपना देख्नुपर्छ । सपना देखेपछि...

  • २०७८ आश्विन २४, आइतबार

    चितवनलाई ईपीएलको उपाधि

    काठमाडौं - चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) को उपाधि चितवन टाइगर्सले ४ विकेटले जितेको छ । शनिबार काठमाडौंको  टियू क्रिकेट मैदानमा  भएको फाइनल खेलमा पोखरा राइनोजले दिएको ११२ रनको लक्ष्य १५.५ ओभरमा ६ विकेटमा क्षतिमा भेट्टायो । चितवनको जीतमा भीम सार्कीले ६३ रनको योगदान गरे । ईपीएलको विजेताले ५० लाख र उपविजेताले १५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

  • २०७८ आश्विन १६, शनिबार

    माल्दिभ्सविरुद्ध मनिषको शानदार गाेलबाट नेपाल विजयी

    माल्दिभ्सको सबैभन्दा ठूलो शहर मालेमा हिजो राति नेपाली राष्ट्रिय फुटबल टोलीले माल्दिभ्समाथि २२ वर्षपछि जित निकाल्यो । सन् १९९९ को सागमा १ गोल खाएर दुई गोल हानेयता माल्दिभ्सलाई नेपालले जित्न सकेको थिएन । तर, राजधानी मालेस्थित नेसनल फुटबल स्टेडियममा पुगेर नेपालले माल्दिभ्सलाई १–० ले निराश पारिदियाे ।  दक्षिण एसियाली फुटबलको सर्वोच्च र सर्वाधिक महत्त्वको प्रतियोगिता साफ च्याम्पियनसिपमा नेपालको यो...

  • २०७८ आश्विन १४, बिहिबार

    साफको फाइनलमा पुग्न चाहन्छौँ : कप्तान किरण

    काठमाडौं - नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बू (चेन्जोङ)ले साफ च्याम्पियनसिपका सबै खेल जित्दै फाइनलमा पुग्ने टोलीको योजना रहेको बताएका छन् । बिहीबार प्रतियोगिताको प्रि-म्याच पत्रकार सम्मेलनमा बोल्दै उनले साफका सबै खेल महत्त्वपूर्ण हुने बताएका हुन् । उनले भने, ‘साफका सबै खेल महत्त्वपूर्ण हुनेछन् । हामी सबै खेल जित्दै फाइनल पुग्न चाहन्छौँ ।’  १३ औँ संस्करणको दक्षिण एसियाली खेलकुद...

  • २०७८ आश्विन १३, बुधबार

    क्यानका उपाध्यक्ष र महासचिवले दिए राजीनामा

    नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष राजुबाबु श्रेष्ठ र महासचिव अशोकनाथ प्याकुर्‍यालले पदबाट राजीनामा दिएका छन् ।  उनीहरू दुबै जनाले संयुक्तरुपमा बुधबार राजीनामा बुझाएका हुन् । उपाध्यक्ष राजुबाबु श्रेष्ठले क्यानमा लामो समय बसेको र नयाँ व्यक्तिलाई अवसर दिन राजीनामा दिएको बताएका छन्।  ‘हामी क्यानमा बसेको करिब १५ वर्ष भयो । सधैं हामीमात्रै पदमा बसिराख्नु पर्छ भन्ने छैन । नयाँ साथीहरूलाई पनि मौका...

  • २०७८ आश्विन १२, मंगलबार

    साफ खेल्न नेपाली फुटबल टोली माल्दिभ्स पुग्यो

    काठमाडौं - साफ च्याम्पियनसिप २०२१ मा सहभागिता जनाउन नेपाली राष्ट्रिय फुटबल टोली सोमबार माल्दिभ्स पुगेको छ । कतारमा दुई साता लामो प्रशिक्षण गरेर टोली सोमबार विहान माल्दिभ्स प्रस्थान गरेको थियो । टोलीले कतारमा रहँदा अ‍ोमानको राष्ट्रिय टोली र स्थानमा क्लबसँग अनौपचारिक मैत्रीपूर्ण खेल समेत खेलेको थियो । त्यसअघि दशरथ रंगशालामा भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्दै टोली कतारतर्फ लागेको थियो । शुक्रबारदेखि...

  • २०७८ आश्विन १०, आइतबार

    नेपाल र पाकिस्तानलाई जोड्न क्रिकेट कुटनीति आवश्यक : शाहिद अफ्रिदी

    काठमाडौं - पाकिस्तानका पूर्वक्रिकेट कप्तान शाहीद अफ्रिदीले नेपाली क्रिकेट टीमलाई पाकिस्तान लगेर क्रिकेट खेलाउन पहल गर्ने बताएका छन् । काठमाडौंमा आइतबार न्यूज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा अफ्रिदीले नेपाल र पाकिस्तानका जनतालाई जोड्न क्रिकेट कुटनीति आवश्यक रहेको बताए । नेपालमा क्रिकेटको भविष्य निकै राम्रो रहेको र सरकारले विशेष ध्यान दिन आवश्यक रहेको उनको भनाइ छ । कुनै समय पाकिस्तानको १९ वर्ष...

  • २०७८ आश्विन १०, आइतबार

    साफ च्याम्पियनशिप खेल्ने नेपाली टोलीको घोषणा

    साफ च्याम्पियनशिपका लागि नेपाली टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आगामी शुक्रबारदेखि माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनशिपका लागि किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेका हुन् । कतारमा भइरहेको प्रशिक्षणपछि अलमुताइरीले बिकेश कुथु र राजन गुरुङलाई टिम बाहिर राखेका छन् । नेपाली टोलीको रक्षकमा किरण लिम्बु, दीप कार्की र विशाल श्रेष्ठ रहेका छन् । यस्तै दिनेश...

  • २०७८ आश्विन १०, आइतबार

    ईपीएल : वर्षाले खेल अवरुद्ध, पोखरा र भैरहवाको अंक बाँडे

    काठमाडौं - चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत पोखरा राइनोज र भैरहवा ग्लाडीयटर्सबीचको खेल स्थगित भएको छ । वर्षाका कारण खेल स्थगित भएको हो । खेल नतिजा विहीन भएपछि दुबै टोलीले एक–एक अंक बाँडेका छन् । पोखराले ब्याटिङ गरिरहँदा खेल वर्षाले रोकिएको थियो । वर्षाले खेल रोकिनु अघि पोखराले १० ओभर १ बलमा ७ विकेट गुमाएर ६५ रन बनाएको थियो । आज विहान भएको अर्को खेलमा चितवन...

Pages