STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेपाल इन्डोनेसियाँसँग ७ – ० ले पराजित

Janjati Khabar – Janjati Khabar | २०७९ आषाढ १, बुधबार

काठमाडौं - एएफसी एसियन कप छनोटको आफ्नो अन्तिम खेलमा नेपाल इन्डोनेसियासँग ० को बिरुद्धमा ७ गोलले पराजित भएको छ ।

यो नेपालका लागि लज्जास्पद हार हो । गएरातिको खेल नेपालका लागि प्रतिष्ठाको खेल थियो । कुवेतमा जारी एशियन कपको छनौँटमा पहिलो हाफमा नेपालले २ गोल मात्रै खाएको थियो । तर दोस्रो खेलमा मात्रै थप ५ गोल व्यहोर्यो ।

हारसँगै नेपाल एशियन कपमा छनौट हुन सकेन । साथै नेपालले छनौट चरणको अन्तिम खेलमा नराम्रारी हार व्यहोर्दा दुखद अन्त्य गरेको हो ।

यस हारसँगै समूह ए मा रहेको नेपालले अंक विहीन रहदै प्रतियोगिताको अन्त्य गरेको छ ।

नेपालले यसअघि दुई खेलमै पराजित भइसकेको थियो ।

Categorized in खेलकुद