STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

एसीसी महिला टी–२० च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा

Janjati Khabar – Janjati Khabar | २०७९ जेठ ३१, मंगलबार

काठमाडौं - नेपाल क्रिकेट सङ्घ (क्यान) ले आसन्न एसीसी महिला टी–२० क्रिकेट च्याम्पियनसिपका लागि १५ सदस्यीय खेलाडीको नाम सार्वजनिक गरेको छ ।

आगामी असार ३ गतेदेखि ११ गतेसम्म मलेसियामा हुने उक्त प्रतियोगिताका लागि क्यानले रुबिना क्षेत्रीको कप्तानीमा १५ सदस्यीय टोलीको नाम सार्वजनिक गरेको हो ।

प्रारम्भिक टोलीमा रहेका १९ खेलाडीबाट नेपालले अन्तिम टोलीको घोषणा गरेको हो । टोलीमा कप्तान रुबिनासँगै उपकप्तान इन्दु वर्मा, सीता रानामगर, ज्योति पाण्डे, कविता कुँवर, अस्मिना कर्माचार्य, कविता जोशी, ममता चौधरी, मनिषा उपाध्याय, डोली भट्ट, विन्दु रावल, सङ्गीता राई, अपसरी बेगम, काजोल श्रेष्ठ र सबनम राई छनोट भएका छन् ।

उक्त प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा बहराइन, भुटान, हङकङ र कुवेत छन् । त्यसैगरी समूह ‘ए’ मा आयोजक मलेसिया, ओमान, कतार, सिङ्गापुर र संयुक्त अरब इमिरेट्स (युएई) छन् । समूह चरणका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् ।

Categorized in खेलकुद