STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

रोहिणी बस दुर्घटनामा ९ को मृत्यु, २४ जना घाइते

Janjati Khabar – Janjati Khabar | २०७९ जेठ २२, आइतबार

रुपन्देहीको रोहिणीमा आज (आइतबार) बिहानै भएको यात्रुवाहक बस दुर्घटनामा परी मृत्यु भएका नौ जनामध्ये आठ जनाको पहिचान खुलेको छ।

जनकपुरबाट बुटवल आउँदै गरेको लु २ ख ३८४१ नम्बरको यात्रुवाहक बस आइतबार बिहान ४ः२० बजे भैरहवा-परासी सडकखण्ड अन्तर्गत रोहिणी गाउँपालिका-३ र ओमसतिया गाउँपालिका-४ को सिमानास्थित पुलबाट रोहिणी नदीमा खस्दा ९ जनाको मृत्यु भएको थियो । मृतकमध्ये एक जना पुरुषको भने सनाखत हुन सकेको छैन ।

सनाखत हुनेहरूमा रुपन्देहीको तिलोत्तमा-२ योगिकुटीका ५६ वर्षीया विष्णु पौडेल, वडा नम्बर ८ कि ३७ वर्षीय तुल्सी पौडेल, बुटवल ११ कालिकानगरका ४८ वर्षीय कृष्णप्रसाद बस्याल, ओमसतिया गाउँपालिका-४ मटेरियाका राजेन्द्रप्रसाद पाण्डे रहेका छन् ।

त्यस्तै रौतहटका २० वर्षीया दिनेश दास तथा भारत घर भएका नागेन्द्र शर्मा, अरबिन्द्र शर्मा र सन्जय गुप्ता रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए ।

बसमा दुई जना चालक र एक जना सहचालक सहित ३३ जना सवार थिए । जसमा २५ जना पुरुष, ६ महिला र दुई बालिका थिए । बसमा सवार ९ जनाको मृत्यु भएको छ भने २४ जना घाइते छन् । घाइते सबैको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये १६ जनाको अवस्था गम्भीर छ ।

उपचाररत घाइतेहरूको नामावली

१.    जिल्ला धनुषा हंसपुर न.पा.–३का  मुफिद मन्सुरी(१८)
२.    जिल्ला बारा जितपुर सिमरा उ.न.पा.–१३का रोहन चौधरी(१८)
३.    जिल्ला बारा सिमरा न.पा.–१३का सतेन्द्र चौधरी(१८)
४.    जिल्ला बारा सिमरा न.पा.–१३ का बरुण चौधरी(१५)
५.    जिल्ला सिराहा, सिराहा न.पा.–९ का राकेश कुमार दास(३१)
६.    जिल्ला धनुषा जनकपुर उ.न.पा.–२२का बिनोद मुखिया(३९)
७.    जिल्ला रुपन्देही लुम्बिनी सांस्कृतिक न.पा.–११ का रियाजुल्लाह मुसलमान(२८)
८.    जिल्ला रुपन्देही लुम्बिनी सांस्कृतिक न.पा.–६ का सहेजाद मुसलमान(१६)
९.    जिल्ला रुपन्देही लुम्विनी सास्कृतिक न.पा.– ३ का  राजेश यादव(२०)
१०.    जिल्ला रौतहटका वकिल दास(२२)
११.    भारत जनकपुरग्रामका गौरव सिंह(२८)
१२.    जिल्ला झापाका जयाप्रसाद चापागाई(६०)
१३.    जिल्ला झापाकी तुलसा चापागाई(५६)
१४.    भारत बस्ने सिता शर्मा(३२)
१५.    भारतीय नागरिक सन्दिपा शर्मा(५)
१६.    भारत बस्ने यश शर्मा(¬४)
१७.    जिल्ला धनुषा जनकपुरककी अञ्जली कामी(३५)
१८.    जिल्ला रुपन्देही तिलोत्तमा न.पा.–३का बिपिन बस्याल(२२)
१९.    जिल्ला सिराहा सिराहा न.पा.–९का राकेशकुमार दास(३१)
२०.    जिल्ला रौतहट श्रीनगरका रामजनम दास(२२)
२१.    जिल्ला धनुषा जनकपुरकी रिंकी यादव(२२)
२२.    जिल्ला महोत्तरीका साबिर अन्सारी(२९)
२३.    जिल्ला रुपन्देही तिलोत्तमा न.पा.–३ शंकरनगरका बस्ने बर्ष ३६ को सुमन क्षेत्री (बस चालक)
२४.    जिल्ला कपिलबस्तु बाणगंगा न.पा.–५ बस्ने बर्ष २९ को तुलसीराम चौधरी(सह–चालक)

रूपन्देही कांग्रेस द्वारा मृत अत्माको चिरशान्ति तथा घाईतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना
रुपन्देहीको रोहिणीमा भएको बस दुर्घटना प्रति नेपाली कांग्रेस रुपन्देहीले दुःख ब्यक्त गरेको छ । जनकपुरबाट भैरहवाका लागि हिडेको यात्रुबाहक बस आज बिहान रूपन्देहीमा दुर्घटना हुँदा ९ जनाको मृत्युको छ भने २३ जना घाईते भएका छन् ।

नेपाली कांग्रेस रुपन्देहीका सभापति एवं तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले घाईते र मृतकका आफन्तसित भेटघाट गर्दै घटना प्रति दुःख ब्यक्त गर्नुका साथै मृत अत्माको चिरशान्ति तथा घाईतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

सभापति खाँणले भैरहवा स्थित भिम अस्पतालमा मृतकका आफन्तलाई भेटेका हुन् । उनले अकल्पनीय रुपमा घटना भएको भन्दै मृत आत्मको चिरशान्तीको कामना गर्दै परिवारजन प्रति समबेदना ब्यक्त गरेका छन् ।

त्यस्तै भैरहवा मेडिकल कलेजमा उपचाररत घाईतेहरुलाई भेट्नुका साथै शिघ्र स्वास्थ्यलाभको कामनागर्दै सभापति खाँणले उपचारमा कुनै कमी हुन नदिन अस्पताल प्रशासनलाई आग्रह गरेका छन् ।

हिजो शनिबार बेलुका जनकपुरबाट भैरहवाका लागि हिडेको लु २ ख ३८४१ नम्बरको यात्रुबाहक बस आज आइतबार बिहान करिब साढे ४ बजे भैरहवा–परासी सडकखण्डअन्तर्गत रोहिणी गाउँपालिका–३ र ओमसतियागाउँपालिका–४ को सीमानास्थित पुलबाट रोहिणी नदीमा खसेको थियो ।

Categorized in खेलकुद