STC 810x100 adv
janswastha 11 11 78

नेपाली टिमबाट राजिनामा दिएका पुबुदु क्यानाडा राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त

Janjati Khabar – Janjati Khabar | २०७९ श्रावण ५, बिहिबार

काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकबाट राजीनामा दिएका पुबुदु दसानायके क्यानाडा राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त भएका छन् ।

पारिवारिक कारण देखाउँदै नेपाल छाड्ने निर्णय गरेका उनले आज पत्रकार सम्मेलन गर्दै राजीनामाबारे औपचारिक जानकारी गराएका थिए ।

उनको राजीनामा घोषणा भएको दुई घण्टा नबित्दै क्यानाडाले उनलाई प्रशिक्षकमा नियुक्त गरेको बताएको छ ।

​​​​​गत मङ्सिरमा नेपालको प्रशिक्षकमा नियुक्त भएका उनले सात महिना नबित्दै प्रशिक्षकबाट बिदा लिएका हुन् ।

सञ्चारकर्मीसँगको कुराकानीमा पुबुदुले विभिन्न फ्रेन्चाइज क्लबबाट प्रस्ताव आएको भए पनि पारिवारिक समस्याका कारण क्यानाडामा रहने र सम्भव भए देशभित्र मात्रै काम गर्ने बताएका थिए ।

श्रीलङ्कामा जन्मिएका पुबुदुले क्यानाडा र श्रीलङ्का दुवै राष्ट्रबाट अन्तर्राष्ट्रिय क्रिकेटमा प्रतिस्पर्धा गरिसकेका छन् ।

२०११ मा नेपाल आउनुअघि क्यानाडाको प्रशिक्षक रहि सकेको उनले २००७ देखि २०११ सम्म क्यानाडाको मुख्य प्रशिक्षको जिम्मेवारी निर्वाह गरेका थिए ।

Categorized in खेलकुद
Newa Online Adv