जेन-जी आन्दोलनअघि पछिकाे परिवेशलाई लिएर " चंगुल"भदौमा आउने
Janjati Khabar – विजयरत्न असंबरे | २०८३ आषाढ २३, मंगलबार
जेन-जी आन्दोलन र त्यसअघिको तथा त्यसपछिको सामाजिक-राजनीतिक अवस्थालाई विषयवस्तु बनाइएको नेपाली चलचित्र ‘चंगुल’ कृष्ण जन्माष्टमी भदौ १९ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ ।
मालती कार्कीको निर्माण तथा राम गौतमको निर्देशनमा तयार भएको चलचित्रले भ्रष्टाचारले थिलथिलो बनेको देश, त्यसबाट उत्पन्न सामाजिक अवस्था र त्यसविरुद्ध देखिएको युवा जागरणलाई पर्दामा उतारेको निर्माण पक्षले जनाएको छ ।
निर्माता मालती कार्कीका अनुसार गतवर्ष भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलन तथा आन्दोलनका क्रममा ज्यान गुमाएका सहभागीहरूको स्मृतिलाई सम्मान गर्दै चलचित्र भदौ १९ गते प्रदर्शनमा ल्याउन लागिएको हो ।
चलचित्रमा रवि कार्की, लय संग्रौला, लक्ष्मीनाथ तिमल्सिना, राकेशकुमार राई, आशा बीसी, स्वस्तिका लामिछाने लगायतका कलाकारको अभिनय छ । बालकलाकारका रूपमा रिम्शा कार्कीले अभिनय गर्नुभएको छ ।
चलचित्रका गीतमा विपिन आचार्य र नन्दनी अधिकारीको संगीत छ । देव महर्जनले द्वन्द्व निर्देशन गर्नुभएको छ भने दीपेन्द्र बस्न्यातको छायांकन तथा सम्पादन चलचित्रमा रहेको छ ।
Categorized in सिनेमा

