लाेकप्रिय गायक यम बराललाई 'र क्यान्सरकाे आशंका
Janjati Khabar – विजयरत्न असंबरे | २०८३ आषाढ २३, मंगलबार
काठमाडौं । नेपाली सुगम सङ्गीत तथा पार्श्व गायनका लोकप्रिय एवं वरिष्ठ गायक यम बराल विगत करिब डेढ महिनादेखि काठमाडौँको महाराजगञ्जस्थित शिक्षण अस्पताल (टीचिङ हस्पिटल) मा अस्वस्थताका कारण उपचाररत छन्। उनको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ।
सुरुमा सामाजिक सञ्जालमा उनलाई ‘ल्युके मिया’ (रक्त क्यान्सर) भएको चर्चा चले पनि चिकित्सकहरूले हाल उनलाई ‘मल्टिपल माइ लोमा’ (एक प्रकारको रक्त क्यान्सर) भएको आशङ्का गरेका छन्। यद्यपि, रोगको अन्तिम चिकित्सकीय निष्कर्ष आउन र थप विशिष्टीकृत उपचार प्रक्रिया अघि बढाउन बाँकी नै छ।
गायक बरालले आफ्नो स्वास्थ्य अवस्थाबारे सुरुमा गोपनीयता राख्न चाहेका कारण परिवारले औपचारिक जानकारी सार्वजनिक गरेको थिएन। तर, अभिनेता तथा कलाकार कृष्ण मल्लले सामाजिक सञ्जालमार्फत उनको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै पोस्ट गरेपछि यो खबर बाहिर आएको हो। शिक्षण अस्पतालमा लामो समयदेखि उपचार गराइरहेका बराललाई थप र भरपर्दो उपचारका लागि भारतको नयाँ दिल्ली लैजाने तयारी भइरहेको पारिवारिक स्रोतले पुष्टि गरेको छ।
नेपाली सङ्गीत आकाशमा तीन दशकभन्दा बढी समयदेखि सक्रिय गायक बरालका ‘बादलुको घुम्टोले इलाम बजार छोपिंदा’, ‘निष्ठु रीले छाडेर गइहाली’, ‘अब चो टहरूले’, ‘दिलमाया दिलमायाँ जस्ता दर्जनौँ कालजयी गीतहरू श्रोतामाझ अत्यन्तै लोकप्रिय छन्।
उनको अस्वस्थताको खबर सार्वजनिक भएसँगै नेपाली कला तथा सङ्गीत क्षेत्रका आबद्ध व्यक्तित्वहरू, सहकर्मी कलाकारहरू र देश–विदेशमा रहेका थुप्रै शुभचिन्तकहरूले सामाजिक सञ्जालमार्फत उनको शीघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन्।
गायक यम बराललाई शीघ्र स्वास्थ्य लाभको कामना !!
Categorized in साहित्य-कला

