STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

खेलकुद

  • २०७८ चैत्र ८, मंगलबार

    पल्सर स्पोर्ट्स अवार्ड : पारस र सावित्रा दशकका उत्कृष्ट खेलाडी घोषित

    काठमाडौं - राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का र राष्ट्रिय महिला फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी दशककै उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्दै आएको पल्सर स्पोर्ट्स अवार्डमा पुरुषतर्फ पारस  र महिलातर्फ सावित्रा दशककै उत्कृष्ट खेलाडी घोषित भएका हुन् । यसैगरी राष्ट्रिय खेलकुद परिषद् (राखेप) का क्रिकेटका मुख्य प्रशिक्षक जगट टमाटा दशककै...

  • २०७८ चैत्र ७, सोमबार

    साफ च्याम्पियनशिपः नेपाल र भारत भिड्ने

    भारतमा जारी साफ यू–१८ महिला च्याम्पियनशिप फुटबल प्रतियोगितामा नेपालले आज आयोजक भारतको सामना गर्दैछ ।     नेपाल र भारतबीचको खेल भारतको जमसेदपुरमा बेलुका ७ः१५ बजे सुरु हुनेछ । आज भारतलाई पराजित गर्दै नेपाल पहिलो जीतको खोजीमा हुनेछ । तर उपाधि दाबेदार भारतविरुद्ध जीत निकाल्न नेपाललाई त्यति सहज भने छैन । डबल राउण्ड रोबिनको आधारमा जारी च्याम्पियनशिपको पहिलो भेटमा भारतले नेपाललाई ७–० गोलअन्तरले पराजित...

  • २०७८ फाल्गुण २८, शनिबार

    मनाङममर्स्याङ्दीले उचाल्यो सुदूरपश्चिम खप्तड गोल्डकप

    काठमाडौं - मनाङमर्स्याङ्दी क्लबले मोफसलको सर्वाधिक पुरस्कार राशिको सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता, २०७८ को उपाधि उचालेको छ । धनगढी क्षेत्रीय रङ्गशालामा शनिबार भएको फाइनल खेलमा फ्रेन्डस क्लबलाई एकका विरुद्ध तीन गोल अन्तरले हराउँदै मनाङले आकर्षक सुदूरपश्चिम गोल्डकप ट्रफी उचाल्यो । उपाधिसँगै मनाङले २१ लाख रुपैयाँ नगद पुरस्कार पनि जितेको छ । उपविजेता फ्रेन्ड्सले १० लाख रुपैयाँ नगदमा...

  • २०७८ फाल्गुण २१, शनिबार

    अनन्त तामाङ भारतीय फुटबल लिगमा

    काठमाडौं - नेपाली खेलाडी अनन्त तामाङले भारतीय फुटबल लिगमा शनिबार डेब्यू गरेका छन् । नेपाली राष्ट्रिय फुटबल टिमका डिफेन्डर अनन्त शनिबार इन्डियन सुपर लिग (आईएसएल) मा स्पोर्टिङ क्लब इस्ट बंगालमा मैदानमा उत्रिएका छन् । उनले  बेंगलुरु एफसीविरुद्धको खेलमा डेब्यूको मौका पाएका हुन् । अनन्त आईएसएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।

  • २०७८ फाल्गुण १४, शनिबार

    लिग विजेता मच्छिन्द्रको अपराजित यात्रा

    मच्छिन्द्र फुटबल क्लबले अपराजित रहँदै शहीद स्मारक डिभिजन लिग फुटबलको उपाधि जितेको छ । ११ औं चरणको खेलमा उपाधि पक्का गरिसकेको मच्छिन्द्रले शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न लिगको अन्तिम खेलमा पनि सुखद नतिजा निकाल्दै उपाधि रक्षा गरेको हो । लिगको अन्तिम खेलमा मच्छिन्द्रले विभागीय क्लब एपीएफलाई २–१ गोल अन्तरले हराउँदा अपराजित रहँदै च्याम्पियन बनेको हो । सुखद अन्त्य गर्ने लक्ष्यसहित...

  • २०७८ फाल्गुण १४, शनिबार

    पोल्यान्डद्वारा रसियासँग विश्वकप फुटबलको प्लेअफ खेल्न अस्वीकार

    एजेन्सी - रसिया र युक्रेनबीच भइरहेको युद्धको प्रभाव विश्व खेलकुदमा समेत परेको छ। युरोपेली मुलुकहरुले रसियासँग हुने निर्धारित खेलहरु धमाधम रद्द गर्न थालेका छन्। यसैबीच पोल्यान्डले रसियासँग हुने भनिएको विश्वकप फुटबलको प्लेअफ खेल्न अस्वीकार गरेको छ। विश्वकप २०२२ का लागि रसियासँग हुने प्लेअफ खेल पोल्यान्डले अस्वीकार गरेको हो। फिफाका अनुसार यी दुई देशबीच मार्च २४ मा मस्कोमा खेल हुने कार्यक्रम थियो।...

  • २०७८ फाल्गुण १०, मंगलबार

    यूएईसँग पराजित भएपछि नेपाल छनोट हुन सकेन

    फागुन १०, काठमाडौं - २०२२ को अन्तिममा अष्ट्रेलियामा आयोजना हुने टी–२० विश्वकप क्रिकेटमा नेपाल छनोट हुन सकेन । ओमानमा जारी ग्लोबल छनोटको सेमिफाइनलमा यूएईसँग पराजित भएपछि नेपालको विश्वकप सपना टुटेको हो । जारी छनोट प्रतियोगिताको समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको नेपाल सेमिफाइनलमा सबै डिपार्टमेन्टमा कमजोर देखियो । जितसँगै यूएई विश्वकपमा छनोट भएको छ । नेपालले टस हारेर पहिला बलिङको निम्तो पाएको थियो...

  • २०७८ फाल्गुण ७, शनिबार

    टी–२० विश्वकप छनोट : फिलिपिन्सविरुद्ध नेपाल १३६ रनले विजयी

    काठमाडौँ -आईसीसी पुरुष टी–२० विश्वकप अन्तर्गतको ग्लोबल छनोट ए को नेपालले लगातार दोश्रो जित निकालेको छ। फिलिपिन्सले २० ओभर खेल्दै ८ विकेटको क्षतिमा ८२ रन जोडेको थियो। आज अल अमेरात क्रिकेट मैदानमा भएको खेलमा नेपालले फिलिपिन्सलाई १३६ रनले हराउँदै दोस्रो जितको निकालेको हो। ट्स हारेर पहिलो ब्यटिङको निम्तो पाएको नेपालले २० ओभर खेल्दै ३ विकेट गुमाउँदै २ सय १८ रन जोडेको थियो। नेपालका लागि ओपनर...

  • २०७८ फाल्गुण ७, शनिबार

    टी–२० विश्वकप ग्लोबल छनोटमा आज नेपाल र फिलिपिन्स आमने सामने

    फागुन ७, काठमाडौं - नेपालले आईसीसी टी–२० विश्वकप ग्लोबल छनोट ए अन्तर्गत आज फिलिपिन्सको सामना गर्दैछ । ओमानको अल अमेरात क्रिकेट मैदानमा नेपाल र फिलिपिन्सबीचको खेल बिहान ११ः४५ बजे सुरु हुनेछ । नेपाल आज फिलिपिन्सलाई हराउँदै छनोटमा लगातार दोस्रो जित निकाल्न चाहन्छ भने फिलिपिन्स पहिलो जितको खोजीमा छ । नेपालले फिलिपिन्ससँग पहिलोपटक टी–२० क्रिकेट खेल्न लागेको हो । शुक्रबार भएको पहिलो खेलमा नेपालले घरेलु...

  • २०७८ फाल्गुण ५, बिहिबार

    पूर्वकप्तान खड्काको शैक्षिक प्रमाणपत्र नक्कली ठहर

    काठमाडौं : विशेष अदालतले नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा नेपाली फुटबल टोलीका पूर्वकप्तान हरि खड्कालाई दोषी ठहर गरेको छ । बिहीबार न्यायाधीशद्धय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको संयुक्त इजलासले खड्कालाई दोषी ठहर गर्दै पाँच हजार जरिवाना सुनाएको हो । विशेष अदालतका प्रवक्ता दिपेन्द्रनाथ योगीले खड्काको शैक्षिक प्रमाणपत्र नक्कली देखिएकाले दोषी ठहर भएको बताए । उनले अन्नपूर्णसँग भने, ‘खड्काको...

  • २०७८ फाल्गुण ५, बिहिबार

    मच्छिन्द्र क्लब ए डिभिजन लिग च्याम्पियन

    काठमाडौं : मच्छिन्द्र क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जितेको छ। बुधबार भएको खेलमा सातदोबाटो युथ क्लबलाई १–० गोलले हराउँदै मच्छिन्द्रले दुई खेल अगाडि नै  उपाधि जितेको हो।  मच्छिन्द्रले १२औं चरणमा थ्रीस्टार र अन्तिम खेलमा विभागीय टोली एपीएफसँग खेल्न बाँकी छ। यी दुवै खेलमा पराजित भए पनि दोस्रो स्थानको मनाङ मस्र्याङ्दीसँग हेड टु हेडमा अघि रहने छ। उपाधिसँगै मच्छिन्द्रले ७५ लाख रुपैयाँ...

  • २०७८ फाल्गुण ४, बुधबार

    टी-२० विश्वकप छनोट खेल्ने नेपाली टिम घोषणा

    काठमाडौं - आइसीसी टी-२० विश्वकप क्रिकेट छनोट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टिम घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबारदेखि ओमानमा हुने प्रतियोगिताका लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय नेपाली टिम घोषणा गरेको हो । टिममा कुशल मल्ल, सहाब आलम र प्रदीप ऐरी वैकल्पिक खेलाडीको रुपमा रहेका छन् । विश्वकप छनोट खेल्ने नेपाली टिम यसप्रकार रहेको छ । सन्दीप लामिछाने (कप्तान), शरद...

Pages