STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

रोनाल्डोको कीर्तिमानसहित पोर्चुगल विजयी

Janjati Khabar – Janjati Khabar | २०७९ मङ्सिर ९, शुक्रबार

विश्वकप फुटबलको पहिलो खेलमा क्रिस्टियानो रोनाल्डोले गोल गरेसँगै उनी पाँच विश्वकपमा गोल गर्ने खेलाडीको कीर्तिमानी बनाएका छन् ।  सन् २००६ को विश्वकपमा आफ्नो गोल गरेका रोनाल्डोले सन् २०२२ को आफ्नो पाँचौं विश्वकपमा गोल गरेका हुन् । 

उनको गोलमा पोर्चुगलले घानासँगको खेलमा अग्रता बनाएको थियो । रोनाल्डोले पोर्चुगलका लागि विश्वकपमा २० खेलमा १६ गोल गरेका छन् ।  यता घानाले एक गोल फर्काइ सकेको छ ।  रोनाल्डो पाँच विश्वकप खेल्ने खेलाडीको सूचीमा पनि छन् ।

विश्वकप फुटबलमा पोर्चुगलले विजयी सुरुवात गरेको छ ।  बिहीबार भएको खेलमा पोर्चुगलले घानालाई ३–२ गोल अन्तरले हराएको हो ।  स्टेडियम ९७४ मा भएको खेलमा पोर्चुगललाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो, जाओ फेलिक्स र राफेन लियोले एक–एक गोल गरे । 

घानाका लागि आन्द्रे लेओ र ओसमान बुकारीले एक–एक गोल गरे ।  खेलको ६५ औं मिनेटमा रोनाल्डोले पेनाल्टी मार्फत गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए ।  घानाका लागि खेलको ७३ औं मिनेटमा आन्द्रे अवेले बराबरी गोल फर्काए । 

खेलको ७८ औं मिनेटमा फेलिक्सले गोल गर्दै पोर्चुगललाई २–१ गोलको अग्रता दिलाए ।  खेलको ८० औं मिनेटमा राफेलले गोल गर्दै पोर्चुगललाई ३–१ गोलको अग्रता दिलाए । 

८९ औं मिनेटमा घानका लागि बुकारीले एक गोल फर्काए पनि पोर्चुगलले ३–२ गोलको जित निकाल्यो । जितसँगै पोर्चुगलले ३ अंक जोड्यो । यता घानाले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

Categorized in खेलकुद