relans
ni new 83
nib 2082 5

रसुवाको भोटेकोशीमा भीषण बाढी, अहिलेसम्म ७ जनाको शव फेला

Janjati Khabar – Janjati Khabar | २०८३ भाद्र १०, बुधबार

काठमाडौं - रसुवाको भोटेकोशीमा आएको बाढीमा अहिलेसम्म ७ जनाको शव फेला परेको छ। बागमती प्रदेश प्रहरी प्रमुख दीपक रेग्मीका अनुसार नुवाकोट र धादिङमा ७ जनाको शव फेला परेको हो।

उनका अनुसार, नुवाकोटको नदी किनारमा तीन जना र धादिङमा चार जनाको शव फेला परेको छ। 

उनले अहिले घाइतेहरूको उद्धार र फेला परेकाहरूको शव संकलनको काम भइरहेको बताएका छन्। त्यस्तै उनले मानिसहरू बेपत्ता भएको सूचना आएरहेको र खोजीकार्य पनि जारी रहेको बताएका छन्।

रसुवा बाढीका घाइतेलाई काठमाडौं ल्याइयो

यसैगरी रसुवाको भोटेकोशीमा आएको भीषण बाढीमा परेर घाइते भएकाहरूको उद्धार जारी छ।

बाढी प्रभावित क्षेत्रबाट घाइतेहरूको हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याउने क्रम जारी रहेको छ।

बाढी प्रभावित क्षेत्रमा अझै पनि उद्धार तथा खोजी कार्य जारी रहेकाले थप घाइतेको उद्धार गरी काठमाडौं ल्याउने तयारी भइरहेको छ। सुरक्षा निकाय तथा उद्धार टोलीहरू प्रभावित क्षेत्रमा परिचालन भएका छन्।

यसैबीच, भोटेकोशी तथा त्रिशूली नदी आसपासका क्षेत्रमा बाढीको जोखिम कायमै रहेकाले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।

Categorized in राष्ट्रिय
ppp 2