STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चितवनको डल्फिन फनपार्कमा “लुलु लेडिज ब्यूटी पार्लर तीज विशेष कार्यक्रम”, राजु परियार र शिला आले

Janjati Khabar – विजयरत्न असंबरे | २०८३ भाद्र ९, मंगलबार

नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा मोफसलकै चर्चित मिडिया लक्की मिडिया हाउस चितवनले राष्ट्रिय चर्चित गायक–गायिकाको सहभागितामा विशेष तीज कार्यक्रम आयोजना गर्ने भएको छ। लक्की मिडिया हाउस चितवनको आयोजनामा तथा डल्फिन फनपार्क एण्ड रिसोर्टको व्यवस्थापनमा “लुलु लेडिज ब्यूटी पार्लर तीज विशेष कार्यक्रम” आयोजना हुन लागेको हो।

 कार्यक्रममा लोकदोहोरी क्षेत्रका चर्चित वरिष्ठ गायक राजु परियार र चर्चित वरिष्ठ गायिका शिला आलेको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ। कार्यक्रम भदौ २५ गते बिहीबार साँझ ६ बजेदेखि भरतपुर-९, स्टेप बाइ स्टेप स्कुल अगाडि, संगमटोलस्थित डल्फिन फनपार्क एण्ड रिसोर्टमा आयोजना हुनेछ। तीज पर्वलाई मनोरञ्जनात्मक तथा सांस्कृतिक रूपमा मनाउने उद्देश्यले आयोजना गर्न लागिएको कार्यक्रममा राष्ट्रिय स्तरमा चर्चित कलाकारहरूको सांगीतिक प्रस्तुतिसँगै तीजको मौलिक संस्कृति र परम्परालाई समेत प्राथमिकता दिइने आयोजकको भनाइ छ।

लक्की मिडिया हाउस चितवनका महाप्रबन्धक तथा कार्यक्रम संयोजक हरि कार्की ‘लक्की’ले तीज विशेष कार्यक्रमलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न तयारी तीव्र पारिएको जानकारी दिए। कार्यक्रमको व्यवस्थापन डल्फिन फनपार्क एण्ड रिसोर्ट, भरतपुर-९, चितवनले गरेको हो। रिसोर्टका प्रबन्ध निर्देशक सन्तलाल गुरुङका अनुसार कार्यक्रममा सहभागी दर्शकहरूलाई मनोरञ्जनसँगै तीजको विशेष माहोल प्रदान गर्ने गरी आवश्यक तयारी भइरहेको छ।

राष्ट्रिय चर्चित कलाकारहरूको प्रस्तुति रहने भएकाले यस वर्षको तीज विशेष कार्यक्रम चितवनमा विशेष आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ।

Categorized in साहित्य-कला