STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

विश्वकप २०२२ : जर्मनीलाई जापानसँग पराजित

Janjati Khabar – Janjati Khabar | २०७९ मङ्सिर ७, बुधबार

एजेन्सी । फिफा विश्वकप–२०२२ मा जापानले सानदार सुरुवात गरेको छ । बुधबार कतारको खालिफा अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा जापानले चार पटक विजेता जर्मनीलाई २–१ गोल अन्तरले पराजित गर्दै सानदार सुरुवात गरेको हो ।

जापानलाई जित दिलाउनका लागि रित्सु दोआन र ताकुमा आस्नोले एक–एक गोल गरे । त्यस्तै जर्मनीका लागि इल्के गुन्डोगनले गोल गरे । खेलको ३३औं मिनेटमा जर्मनीका गुन्डोगनले पेनाल्टीमार्फत् गोल गरेका थिए ।

मैदानमा प्रवेश गरेको पहिलो मिनेटमै जापनका दोआनले गोल गर्दै जर्मनीविरुद्ध १–१ को स्थितिमा ल्याए । दोआनले खेलको ७४औं मिनेटमा हिरोकी साकाईको स्थानमा मैदान प्रवेश गरेका थिए ।

त्यस्तै प्रतिस्पर्धात्मक खेलको ८३औं मिनेटमा आस्नोले गोल गर्दै जापानको जित २–१ ले सुनिश्चित गरे । यो जितसँगै समूह ‘ई’ मा जापानले तीन अंक जोडेको छ ।

Categorized in खेलकुद