STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बहराइनलाई हराउँदै नेपाल सेमिफाइनलमा

Janjati Khabar – Janjati Khabar | २०७९ आषाढ ६, सोमबार

काठमाडौं- नेपाल एसिसी महिला टी-ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

नेपाल एसिसी महिला टी-ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। मलेसियामा भएको प्रतियोगितामा सोमबार समूहको आफ्नो तेस्रो खेलमा बहराइनलाई ८ विकेटले हराउँदै नेपाल अन्तिम चारमा प्रवेश गरेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको बहराइनले निर्धारित ७ ओभरमा ६ विकेट गुमाउँदै १४ रन बनयाो ।१५ रनको लक्ष्य नेपालले २ विकेट गुमाउँदै ३ दशमलव ४ ओभरमा पूरा गर्‍यो। सीता रानामगरले ४ र कविता जोशीले ३ रन जोडिन् । नेपालले अतिरिक्त ८ रन पाएको थियो ।

नेपालले समूह चरणको पहिलो खेलमा भुटानलाई ५० रनले हराएको थियो भने दोस्रो खेलमा कुवेतलाई २५ रनले हराएको थियो।वर्षाको कारण ढिला सुरु भएको खेललाई ७ओभरमा छोट्याइएको थियो ।

Categorized in खेलकुद