STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बालोन डिओरकाे मनोनयनमै परेनन् मेस्सी

Janjati Khabar – Janjati Khabar | २०७९ श्रावण २९, आइतबार

एजेन्सी -लगातार ७ पटक बालोन डिओर जितेका पिएसजी क्लवका अर्जेन्टिनी प्रसिद्ध फुटबलर लियोनल मेस्सी यो पटक भने मनोनयनको सूचीमै पर्न असफल बनेका छन् ।

मेस्सी सन् २००६ देखि लगातार मनोनयमा पर्दै आएका थिए । तर यसपटक उनी १६ वर्षपछि मनोनयनमा नपरेका हुन् । त्यस्तैगरी पिएसजी क्लवकै ब्राजिलका स्टार खेलाडी नेयमार पनि यस पटकको मनोनयनमा परेका छैनन् ।

फ्रान्स फुटबल म्यागजिनले आउँदो अक्टोबरमा प्रदान गर्ने बालोन डीओर अवार्डका लागि ३० जनाको मनोनयन भर्खरै सार्वजनिक गरेको छ ।

उक्त सुचीमा म्यान्चेस्टर युनाइटेडका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो परेका छन् ।

 

 

यी हुन् मनोनयनमा परेका ३० खेलाडी

थिबाउट कोर्टोइस (रियल म्याड्रिड)

मोहम्मद सलाह (लिभरपुल)

राफेल लिओ (एसी मिलान)

क्रिस्टोफर एनकुन्कु (आरबी लाइपजिग)

जोशुआ किमिच (बायर्न म्युनिख)

ट्रेन्ट अलेक्जेन्डर अर्नोल्ड (लिभरपुल)

भिनिसियस जुनियर (रियल म्याड्रिड)

बर्नार्डो सिल्भा (म्यानचेस्टर सिटी)

लुइस डियाज (लिभरपुल)

रोबर्ट लेवान्डोस्की (बार्सिलोना)

रियाद महरेज (म्यानचेस्टर सिटी)

कासेमिरो (रियल म्याड्रिड)

ह्युङ मिन सन (टोटेनहम)

फाबिन्हो (लिभरपुल)

करिम बेन्जेमा (रियल म्याड्रिड)

माइक मेनन (एसी मिलान)

ह्यारी केन (टोटनह्याम)

डार्विन नुनेज (लिभरपुल)

फिल फोडेन (म्यानचेस्टर सिटी)

साडियो माने (बायर्न म्युनिख)

सेबास्टियन हलर (बोरुसिया डर्टमुन्ड)

लुका मोड्रिच (रियल म्याड्रिड)

एन्टोनियो रुडिगर (रियल म्याड्रिड)

क्रिस्टियानो रोनाल्डो (म्यानचेस्टर युनाइटेड)

केभिन डे ब्रुइन (म्यानचेस्टर सिटी)

डुसान भ्लाहोभिक (युभेन्टस)

भर्जिल भान डाइक (लिभरपुल)

जोआओ क्यान्सेलो (म्यानचेस्टर सिटी)

एर्लिङ हालान्ड (म्यानचेस्टर सिटी)

केलियन एमबाप्पे (पेरिस सेन्ट जर्मेन)

Categorized in खेलकुद